मानव वस्ती नजिकै कोरोना संक्रमतिको दाह संस्कार गरेको भन्दै स्थानियको आपत्ति

  • वैशाख २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्विर : तिनकुने स्थित जंगलमा संक्रमतिको शव व्यवस्थापन गरिदै

धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन ।

२०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्ने स्थानिय पर्वत राईले बताएका छन ।

यो भन्दा अगाडी कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव गाडेर अन्तिम दाह संस्कार गरिदै आएको भएता पनि यस पटक आ–आÏनो जातीय धर्म परम्परा अनुसार अन्तिम संस्कार गर्न भारत लगायत नेपाल सरकारले अनुमति दिएकोले शव जलाएर अन्तिम दाह संस्कार गरिएको मृतकका आफन्तजनले बताएका छन । दाह संस्कारमा संलग्न झिगु समाजका कर्मचारीको स्वास्थ्य परिक्षण हुनु पर्ने स्थानियले बताउँदै आएका छन ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved