ग्रीन तारा र शिद्धि विनायक द्धारा जिल्ला प्रहरी कार्यलयलाई स्वस्थ्य समाग्री प्रदान

  • वैशाख २४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्विरः विकास चाम्लिङ राई

धरान/ ग्रीन तारा गु्रप अफ कंपनी र सिद्धि विनायक सप्लायर्स धरानले जिल्ला प्रहरी कार्यलय, सुनसरीलाई विहिवार स्वस्थ्य सामग्री प्रदान गरको छ ।
विहिवार जिल्ला प्रहरी कार्यलयमा नै पुगेर कार्यलयका प्रमुख प्रहरी उपरीक्षक एसपि कमल थापाको हातमा ग्रीनताराका अध्यक्ष एवं प्रवन्ध निर्देशक सम्राट श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र युवा नेता तथा समाजसेवि रोहित निरौलाले संयुक्त रुपमा स्वस्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण गरेका स्वस्थ्य सामग्रीहरुमा सर्जिकल मास्क पाचहजार थान, केएन ९५ मास्क एक सय थान, सर्जिकल ग्लव्स एक सय थान, सेनिटाइजर ३ सय ६० थान, ह्याण्ड वास १ सय थान र ५ लिटर सेनिटाइजर रहेको छ ।

कोराना महामारीको पुनः जोखिम वढे संगै दोस्रो चरण लकडाउन लागु गरिए पछि विशेष गरि फ्रन्ट लाइनमा खटिने सुरक्षाकम्रीको स्वास्थ्य सुरक्षाका लागि स्वस्थ्य सामग्री प्रदान गरिएको ग्रीनतारा कंपनी अध्यक्ष श्रेष्ठले जनाए । अहिलेको अवस्थामा नागरिकको सुरक्षामा खटिनुहुने सुरक्षाकर्मी स्वयं स्वस्थ्य रहे मात्र हामि आम नागरिकलाई सुरक्षा दिन सक्ने उनले जनाए । यो समयमा सहयोग गरेर कंपनीले आप्mनो सामाजिक उतmरदायीत्व निभाएको उनले वताए ।

कोरोना महामारीको दोस्रो लहर चलिरहदा विशेष गरि फ्रन्ट लाइनमा खटिने सुरक्षाकम्रीहरु अत्यन्त्य जोखिममा रहेको र यो अवस्थामा विभिन्न सामाजिक संस्थाहरु वाट सहयोग, सद्धभाव प्राप्त हुदा हामिमा हौसला तथा मनोवल वढने जिल्ला पहरी कार्यलय, सुनसरीका प्रमुख एसपि कमल थापाले वताए ।

सुरक्षामा खटिदा आवश्यक स्रोत साधन कमि भइरहको वेला सहयोग गरि सुरक्षामा खटिने सुरक्षाकम्रीहरुको हौसला वढाइदिएको भन्दै एसपि थापाले सहयोग दाताहरुलाई धन्यवाद दिएका छन ।
सहयोग सामग्री युवा नेता तथा समाजसेवि रोहित निरौलाको संयोजनमा संकलन भएको थियो । हस्तान्तण कार्यक्रममा सिद्धिविनायक सप्लायर्सका प्रोपराइटर वेणु कोइराला, नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य संजय याक्खा लगायतको उपस्थिति रहेको थियो ।
20210507_090949(2) 20210507_091013

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved