समाचार

    Showing 7,641-7,650 of 8,678 items.
  • झापा गाउँपालिकाका बाढी पिडितलाई इसाई समाजको राहत

    सुनसरी । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित बनेका झापा जिल्लाको झापा गाउपालिका वडा नम्वर १ र २ का बाढिपीडितहरुलाई प्रदेश १ इसाई समाजले राहत वितरण गरेको छ । केही दिन देखि अविरल वर्षाका कारण विस्थापित बनेका १ सय १० घरपरिवारलाई राहत वितरण गरेको हो । शुक्रबार समाजले क्वीक रेस्क्यु टिम नेपालको सहकार्यमा कन्डक्ट टिम नेपालको सहयोगमा झापा गाउपालिकाको समान्वयमा राहत बितरण गरेको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए । झापा गाउपालिकाको वडा नम्वर १ र २ का १ सय १० घर परिवार बिस्थापित भएपछी उनिहरुको दैनिकिमा समस्या भएको थियो । उनीहरुलाई प्रती घर परिवार २५ केजी चामल, दाल, २ लिटर तेल र नुन उप

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहिष्कार गरिएका कोरोना निको भएर फर्केका युवालाई समाजमा पुनः स्थापित

    इटहरी । कोरोनाबाट निको भएर फर्केका इटहरीका एक युवालाई समाजले बहिष्कार गरे पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौत्तमको पहलमा स्थापित गरिएको छ । उपचार पछि घर फर्किएका युवालाई घरमा बस्न नदिए पछि उनी होटलमा बस्न बाध्य भएका थिए । समाजले बहिष्कार गरेको भन्दै टिका टिप्पणी हुन थाले पछि उपमेयर गौत्तम सहितको सर्वपक्षिय भेलाले उनलाई आफ्नै घरमा स्थापित गरिएको छ । इटहरी ५ का युवालाई पुनः सोहि गाउमा बस्न दिने सर्वसम्मतबाट निर्णय भएको छ ।उनी बिगत लामो समयदेखि इटहरी ५ स्थित एक आफन्तको बस्दै आएका थिए । गत २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनको स्वाब परिक्षण गर्न दिएका थिए । २२

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 842 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा संक्रमण फैलिदैछ, लुकेर भए पनि मानिस आउँदैछन्

    धरान । धरानको प्रमुख प्रवेशद्वारा तिनकुने नाकाबाट दैनिक जसो सयौंको संख्यामा मोटरसाइकलमा मानिसहरु प्रवेश गर्छन् । निजी सवारी साधन प्रयोग गरि धरान भित्रिनेको संख्या पनि उस्तै नै देखिन्छ । तर उनीहरु सुरक्षित ढंगले धरान प्रवेश गरिरहेका छन् त ? कुनै चेकजाँच हुने गर्दैन् । उनको आवश्यक्तालाई हेरेर प्रहरीले प्रवेशमा अनुमती दिने गरेको छ । धरानमा बाहिरबाटै आएका मानिसबाट कोरोना फैलिएको थियो । धरान आउँजाउँ गरिरहेका धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्भ उद्योगका एक कर्मचारीबाट समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको हो । कोरोनाको संक्रमण शनिबार सम्ममा समुदाय स्तरमा करिब ३० जना भन्दा माथि छन् । हा

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,216 पटक पढिएको
    • "दिनेश गजमेर"
  • थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २४ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ श्रावण ३१ शनिबार / आज थप ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १०२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ सय २४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार २० सय १ जना  जना रहेका छन् ।        

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्वारेन्टाइन बस्न नमानेका भारतीय सैनिकमा कोरोना पोजिटिभ

    धरान । क्वारेन्टाइनमा बस्न नमानेका एक भारतीय सैनिकको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । उनी केही दिन अघि भारतबाट आएका थिए । भारतीय सैनिक रहेका उनी आउने बित्तिकै क्वारेन्टाइनमा बसे पनि रिपोर्ट ढिलो आएकाले जबरजस्ती घरकै क्वारेन्टाइनमा बस्ने भन्दै घर आएका थिए । घर फर्किए पनि सुरक्षा नपनाउदा घरका आफन्त सहित छिमेकमा पनि कोरोना संक्रमण फैलिएका हुनसक्ने भएकाले परिवार त्रसित बनेको छ । उनको आज बिहान मात्रै रिपोर्ट आएको थियो । क्वारेन्टिन व्यवस्थापन समितिले सम्झाउने प्रयास गर्दा पनि नमाने पछि घरमा क्वारेन्टिन बस्ने, अन्यसँग भेटघाट नगर्ने सर्तमा उनलाई घर पठाइदिएका थिए । रिपोर्ट आउन्जेल सम्म उनी क्वारेन्टाइ

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २१ वर्षपछि अभियुक्त पक्राउ

    इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई २१ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाएको थियो तर उनी फरार थिए ।अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुुवेदीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 1,164 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • गुणराज यादवको शव सुनसरी खोलामा फेला पर्यो

    सुनसरी । विहिबार देखि हराई रहेको सुनरीको नरसिंह ७ का २२ वर्षिय गुणराज यादवको शव पानीमा फालेको अवश्थामा फेला परेको छ । यादवको शव बिहान ८ बजे भोक्राहा नरसिंह ५ झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारका समस्या सम्बोधन गर्न प्रदेश १ का युनियन अध्यक्षहरुको ९ सुत्रीय माग

    विराटनगर । कोभिड महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ ।युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न दश जिल्लाका अध्यक्षहरुको सहभागितामा आज भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा संचार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो । युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानको ४४ औ सिनेट बैठकले गर्यो महत्वाकांक्षी निर्णय

     धरान । धरान स्थित बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानको ४४ औ सिनेट बैठकले प्रतिष्ठानको स्तरोन्न्ती र बिकाश गर्न महत्वाकांक्षी प्रस्ताबहरु पारित गरेको छ । शुक्रबार काठमान्डौमा प्रतिष्ठानका सहकुलपती तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने, आफ्नै ट्रमासेन्टर निर्माण गर्नेदेखि सरुवा अस्पताल निर्माण लगायतको विषयमा निर्णय गरेको छ । प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रुपान्तरण गर्ने प्रस्ताव पास गर्दै विश्वविद्यालय रुपमा थप विकास र विस्तार, विशिष्टीकृत पूर्ण विश्वविद्यालयमा रुपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल प

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपि प्रतिष्ठानबाट ३ जना डिस्चार्ज , ४ जना थपिए

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३  जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने ४ जना  नया संक्रमित थपिएको   र हाल प्रतिष्ठानमा ९२ जना कोरोना संक्रमितको उपचार भइ रहेकोप्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय २५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।  हाल सम्म प्रतिष्ठानमा २३ सय ५६  पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • 668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved