मोरङमा एक सातालाई वित्तीय संस्था बन्द

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई कडाई गरेको भएपनि बैंक तथा वित्तीय संस्थाहरु खुला थिए । बैंकिङ कारोबारका कारण भिडभाड बढेकोले संक्रमणको जोखिम अधिक भएको नागरिकस्तरबाट समेत गुनासो आई रहेको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved