विजयपुरमा कोभिड अस्पताल विहिबारदेखि सञ्चालन

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल विहिबार देखि सञ्चालनमा ल्याउने भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो ।

देशका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

अस्पताल सँग अनौपचारिक रुपमा धरान उपमहानगरपालिका बिच पटक पटक छलफल गरिएको थियो । मङ्गलबार धरान उपमहानगरपालिकामा २० बेडको कोभिड आइसोलेसन कक्ष सञ्चालनमा ल्याउनका लागि लिखित रुपमै निर्णय भएको मेहताले बताए । विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले कोभिड अस्पताल विहीबार (आज) देखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

सञ्चालक खतिवडाले भने, ‘ अहिले १० बेडको पुर्ण तयारी भइसकेको छ, बिस्तारै २० बेडकै अस्पताल संचालन हुनेछ, अहिले धमाधम काम भईरहेको छ, कोरोना संक्रमित विरामीहरु पनि स्टेण्डबाई अवस्थामा छन्, सञ्चालनमा आउँछ ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved