बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर– घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रीय समिति मार्फत वडा –वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका थिए । समिती मार्फत उनले स्वास्थ्य सामग्री बितरण गर्न आग्रह गरेका छन् । सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थमन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय मास्क र ८ सय पिस सेनिटाइजर उपलब्ध गराएका छन् भने पिपि समेत उपलब्ध गराउने तयारी भएको भएको क्षेत्रिय सचिब रमेश कार्कीले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको अवश्थामा पछिल्लो समय सुनसरीमा सक्रमितको दर वृद्धि भइरहेको छ । भारतसँग खुल्ला सिमा जोडिएकाले जोखिम बढ्ने भन्दै क्षेत्र नं ४ का जनतालाई मास्क र सेनिटाइज अनिर्वाय प्रयोग गर्न समेत आग्रह गरिएको कार्कीले बताए ।