खाद्यवस्तुको जोहो सहित लेटाङमा लकडाउन

  • जेठ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ ।

नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् ।


उपप्रमुख पोखरेलका अनुसार स्वास्थ्य सम्बन्धी संघीय सरकारले जारी गरेका मापदण्डलाई अनिवार्य प्रयोगमा ल्याउँदै सम्पूर्ण वडा जनप्रतिनिधिहरूले आफ्ना नागरिकहरूको घरलौरी चित्र उतार्ने, तिनको तथ्यगत अवस्था राख्ने, आवश्यक सहयोग चाहिएको अवस्थाबारे सूचिकृत गर्ने, लक डाउनको समयमा घरबाहिर निस्कनुपर्ने भए कारण खुलाएर जनप्रतिनिधिसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।


त्यसै गरि जनप्रतिनिधि र स्थानीय प्रहरीको सहयोगमा आफ्नो काम सम्पादन गर्ने, चालू आर्थिक वर्षमा गरिसक्नुपर्ने कामलाई सामाजिक दूरी कायम गर्दै अघि बढाउने, राष्ट्रिय गौरवका योजनाहरूको कार्यान्वयनमा निरन्तरता दिने, नगरमा ३ वटा एम्बुलेन्स सेवा स्टेण्डबाइ तयार राख्ने, १५ बेडको आइसोलेसन वार्ड अविलम्ब सञ्चालनमा ल्याउने, नगर अस्पतालको कामलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको छ ।


रोग र संक्रमणको डर एकातिर छ भने दैनिक श्रमबजार संलग्न भएपछि साँझको छाकबासको जोहो गर्ने वर्गलाई लगातार हुने लकडाउनले भोकको डर बढी हुन्थ्यो । नगरमा कोही पनि भोकै रहनु नपरोस् भन्ने उद्देश्यका साथ गरिएको पछिल्लो निर्णय आर्फैमा यथार्थपरक भएकोले लकडाउन पुर्ण रुपमा कार्यान्यवन हुने कार्यपालिका सदस्य कृष्ण प्रसाद लुँइटेलले बताए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved