बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ ।
आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए ।
औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारीमा निर्माण गरीएको आइसोलेसनबाट बितरण गर्न शुरु गरीएको थियो । नगरवासिको जीवन बचाउनका लागि कुनै पनि कसर बाँकि नराखि काम गरीरहेको नगर प्रमुख सुबेदीले बताए । उनले भने, ‘हामीले कोरोनालाईनै लक्षीत गरेर अक्सिजन सहितको आइसोलेसन निर्माण गरेका छौ, अस्पताल सम्म लैजानु परे निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गरेका छौ, आइसोलेनमा बस्दा लागेको सम्पुर्ण खर्च नगरपालिकाले नै ब्यहोर्छ ।’