समाचार

    Showing 681-690 of 10,268 items.
  • यलम्बर संवत ५०८६ स्वागतमा ‘यलम्बर कप’ : सुनसरीभर खेलकुद महोत्सव

    धरान/  किरात राई यायोक्खा सुनसरीले नयाँ वर्ष यलम्बर संवत ५०८६ को अवसरमा वडा कार्यसमिति स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १ गतेदेखि यलम्बर संवत ५०८६ सुरु हुँदैछ। नयाँ वर्षलाई भव्य रूपमा मनाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितालाई ‘यलम्बर कप ५०८६’ नाम दिइएको छ। खेलकुदमार्फत सांस्कृतिक पहिचान प्रवर्द्धन गर्दै नयाँ वर्ष उत्सवमय बनाउने योजना रहेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले यलम्बर संवतलाई विश्वकै प्राचीन संवतको रूपमा उल्लेख गर्दै यसलाई राज्यस्तरबाट लागू गर्नुपर्ने आवश्यकता औँल्याए। &l

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 411 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन दिने १३औँ भेडेटार फुड फेस्टिवल सम्पन्न

    धरान/ होटल एशोसिएशन भेडेटारको आयोजनामा तीन दिनसम्म चलेको १३औँ भेडेटार फुड फेस्टिवल सफलतापूर्वक सम्पन्न भएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पुस १६ देखि १८ गतेसम्म फेस्टिवल आयोजना गरिएको हो। फेस्टिवल अवधिभर पर्यटकहरूका लागि स्थानीय र मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो भने हरेक साँझ आकर्षक सांगीतिक कार्यक्रममार्फत भरपूर मनोरञ्जन प्रदान गरिएको थियो। कार्यक्रममा चर्चित गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाइज नेपाल ब्याण्ड, सुहाङ एण्ड द आमा–छोरा ब्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट लागूऔषधसहित दुई पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले गरेको कारबाहीमा एकै दिन दुई जना पक्राउ परेका छन्। मिति २०८२ साल पुस १८ गते बिहान करिब १०:३० बजेको समयमा धरान–१८ स्थित घोपा क्याम्प परिसरभित्र अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेको प्र०१–०२–०४१ प ५३०४ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालक धरान–१० निवासी २१ वर्षीय युवराज कार्कीको साथबाट लागूऔषध ट्रामाडोल ४५० क्याप्सुल र स्पास्मो ४५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित मोटरसाइकलसमेत बरामद गरिएको छ। यसैगरी, सोही द

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा शंकास्पद ब्याग फेला, सेनाद्वारा डिस्पोज

    झापा/ झापा जिल्लाको कनकाई नगरपालिका–४ स्थित माई खोलाको पुल छेउमा शंकास्पद अवस्थामा कालो ब्याग फेला परेको छ । मिति २०८२/०९/१९ गते राति अज्ञात समयमा उक्त ब्याग फेला परेपछि सुरक्षाकर्मीले तत्कालै घटनास्थल सुरक्षित बनाएका थिए । कालो झोलाको भित्री भागबाट प्रेसर कुकरको बिड जस्तो देखिने वस्तु तथा कालो–रातो रङका तार देखिएपछि बम हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले घटनास्थल घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाएको थियो । घटनापछि बिहान ०७:५० बजे नेपाली सेना श्री अरिदमन गण चारआलीबाट सेनानीको कमाण्डमा बम डिस्पोजल टोली घटनास्थलमा पु

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 367 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ महत्त्व

    काठमाडौं/पौष शुक्ल पूर्णिमादेखि आजबाट हिन्दू धर्मावलम्बी महिलाहरूले श्रद्धा र भक्तिसाथ मनाउँदै आएको श्रीस्वस्थानी व्रत कथा औपचारिक रूपमा आरम्भ भएको छ । एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक सम्पन्न गरिन्छ । श्रीस्वस्थानी व्रत विशेषतः भगवान शिव र माता पार्वतीप्रतिको आस्था, परिवारको सुख–शान्ति, दाम्पत्य जीवनको स्थायित्व तथा मनोकामना पूर्तिको विश्वाससँग जोडिएको छ । व्रतको क्रममा श्रीस्वस्थानी व्रत कथाको दैनिक पाठ, पूजा, ध्यान र संयमित जीवनशैली अपनाइन्छ । यस्तो छ व्रत सुरु गर्ने विधि व्रत सुरु गर्ने दिन बिहान सबेरै उठी नित्यकर्मपछि स्नान गरी स्वच्छ वस्त्र धारण गर्

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बोराबाधँका व्यवसायमा नगरपालिकाको अनुगमन

    वराहक्षेत्र/ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको वराहक्षेत्र नगरपालिका–६ स्थित कोशी किनारको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायहरूको नगरपालिकाले अनुगमन गरेको छ। बोराबाधँलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउने उद्देश्यले नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा शुक्रबार अनुगमन टोली खटिएको हो। अनुगमनका क्रममा कोशी नदीमा सञ्चालित पानी बोटको दर्ता प्रक्रिया, भाडादर, लाइफ ज्याकेटको प्रयोग, बीमा सुरक्षा, पर्यटनमैत्री व्यवहार, होटल तथा व्यवसाय दर्ता, खाद्यवस्तुको मूल्य, मूल्यमा एकरूपता लगायतका विषयमा व्यवसायी तथा बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन स

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्स आइडल सिजन- ९ सम्पन्न

    धरान/  युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो। पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो। प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्। त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान डान्सिङ आइडल सिजन ५ फाइनल चरणमा

    धरान/हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन ५ अन्तिम चरणमा प्रवेश गरेको छ। यस सिजनमा धरान उपमहानगरभित्रका १३ वटा विद्यालयबाट २९ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्। विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा हालसम्मका सबै चरणहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रतियोगिता अन्तर्गत कल्चर राउन्ड र मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न भइसकेका छन् भने अब अन्तिम चरण अर्थात् फाइनल राउन्ड हुन लागेको आयोजकले जनाएको छ। फाइनल राउन्डमा प्रतिस्पर्धीहरूले आफ्नो रोजाइ अनुसारको नृत्य शैली प्रस्तुत गर्न पाउनेछन्। उनीहरूले सांस्कृतिक, आधुनिक

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 790 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ स्कुलटोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरीपोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा दुईजनालाई पक्राउ गरेको छ। मिति २०८२।०९।१६ गते राति ११ः२० बजे, प्रहरीले २१ वर्षीय सन्देश तामाङको घरमा चेकजाँच तथा खानतलासी गर्दा ट्रामाडोल ११० ट्याब्लेट र स्पास्पेन ११२ क्याप्सुल फेला परेको थियो। यस घटनामा संलग्न २४ वर्षीय निशान भुजेललाई समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीका अनुसार दुवै पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको छ र लागूऔषधसँग सम्बन्धित अन्य व्यक्तिहरुको खोजी कार्य पनि भइरहेको छ। धरानमा यो प्रका

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सातौँ डिआइजी रनिङ कप : प्रभात स्कुल फाइनल प्रवेश

    धरान/  कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्‍यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 446 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved