सातौँ डिआइजी रनिङ कप : प्रभात स्कुल फाइनल प्रवेश

  • पुस १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ।

बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्‍यो।

खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

पिनाकल स्कुलले गोल फर्काउने प्रयास गर्‍यो, तर प्रभातको सुदृढ डिफेन्सले सबै प्रयासलाई रोक्यो।

उत्कृष्ट प्रदर्शनका लागि भुवन भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए र नगद १ हजार ५ रुपैयाँ पुरस्कार पाए।

आयोजकका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्। विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्नेछन्।

शनिवार हुने फाइनल खेलमा नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved