धरान डान्स आइडल सिजन- ९ सम्पन्न

  • पुस १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  युनाइटेड डान्स एकेडेमीको आयोजनामा सञ्चालन भएको धरान २०८२ सिजन ९ को फाइनल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

कला तपाईंको मञ्च हाम्रो भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त नृत्य प्रतियोगिताले स्थानीय तहका प्रतिभावानहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो।

पुष १४ गते सोमबार सम्पन्न प्रतियोगिता धरान-८ स्थित सभागृहमा भएको थियो।

प्रतियोगितामा धरानका १० वटा विद्यालयबाट १० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। प्रतियोगितामा युनिशा राई विजेता घोषित भएकी छन् भने युनिशा राई प्रभात स्कूलकी विद्यार्थी हुन्।

त्यसैगरी द्वितीय लिबर्टी रेसिडेन्सियल स्कूलकी टिका मगर , तृतीय विष्णु मेमोरियल सेकेन्डरी स्कूलकी इशा राई र सान्त्वना होलील्यान्ड स्कूलका हिमाल तामाङले स्थान हासिल गर्न सफल भएका छन्।

विजेता युनिशा राईले नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छन्।भने द्वितीय हुने टिका मगरले ५० हजार रुपैयाँ, तृतीय हुने इशा राईले २५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने हिमाल तामाङले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। साथै, विजेता स्थान हासिल गर्ने सबै प्रतिस्पर्धीहरूले नटराज ट्रफी समेत प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै आयोजक पक्षले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा कला, अनुशासन र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved