समाचार

    Showing 6,321-6,330 of 10,036 items.
  • मेयर पदका उम्मेद्वार भण्डारीद्धारा रक्तदान गर्न आग्रह

    धरान । रगतको अभाव बढ्न थाले पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको रक्तदान कार्यक्रम अभियानमा सरिक हुँदै धरान उमपहानगरपालिकाको नेकपा एमालेको तर्फबाट मेयरकी उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले रक्तदान गर्न आव्हान गरेकी छिन् । मंगलबार धरान १७ स्थित रेल्वे चौकमा रेडक्रसले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा सरिक हुँदै सबैलाई रतmदान गर्न आग्रह गरेकी थिईन् । उनले भनिन्, ‘अहिले धरानमा रगत अभाब भएको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्द

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,216 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ४ सय ७७ जनाको उम्मेद्वारी: मेयरमा २२, उपमेयरमा ११

    धरान । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२, र उपमेयर पदका लागि ११ जना सहित ४ सय ७१ जनाले उम्मेदवारी दिएका हुन् । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो । मेयर पदका लागि मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एमाले), किशोर राई नेपाली काँग्रेस, ताजुबकुमार लिम्बु जनता समाजवादी पार्टी, नेपाल, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रेवतीरमण राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई भारतीय नक्कली डाक्टरको पक्राउ

    धरान । डाक्टर भन्दै इजाजत बिना क्लिनिक संचालन गरेका दुइ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी र पथरीमा अवैध रूपमा क्लिनिक संचालन गरेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरेको हो । प्रहरीले भारत पश्चिम बंगाल स्थित दार्जिलिङका २७ वर्षिय पर्सनजित बर्मन र २९ वर्षिय सनोड मण्डललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । भारतीय नागरिक बर्मन र मण्डलले आफुलाई चर्चित डाक्टर हुँ भन्दै औषधी उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरेको भन्दै यहाँका स्थानियले प्रहरीलाई सूचना दिएका थिए । सूचनालाई आधार मानि प्रहरी ग्

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रगत अभाव हुँदा आकस्मिक रक्तदान

    धरान । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा नागरिक होमिए सँगै रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा धरानमा आकस्मिक रक्तदान कार्यक्रमको अभियाननै संचालन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले आफ्नै पहलमा रक्तदान कार्यक्रम गर्न थालेको छ । सोसाइटीले तिन दिन सम्म धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सोमबार धरान १ स्थित पुरानो अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको सोसाईटीले मंगलबार धरान १७ स्थित रेल्वे चौंक र बुधबार र विहिबार पनि रक्तदान कार्यक्रमको अभियान संचालन गरेको छ । विगतमा व

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा ६ हजार ५९ पदका लागि साढे २२ हजारको उम्मेदवारी

    धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि गत आइतबार र सोमबार भएको मनोनयन दर्तामा प्रदेश नम्बर १ मा विभिन्न पदका लागि २२ हजार ५ सय ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा प्रमुख पदका लागि ४ सय २५ जनाले उम्मेदवारी दिएका छन् भने गाउँपालिका अध्यक्ष पदका लागि ४ सय ९१ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरि उपप्रमुखमा ३ सय १८, उपाध्यक्षमा ३ सय ९३ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै वडाअध्यक्षका लागि ५ हजार १ सय ४०, महिला सदस्यमा ३ हजार ९ सय १५, दलित महिला सदस्यमा ३ हजार ५ सय १२ र सदस्यमा ८ हजार ३ सय ४८ जनाले मनोनयन दर्ता गरेको आयोगको तथ्यांकले देखाएको छ । प्रदे

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 1,052 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताप्लेजुङमा स्थानीय तह चुनावमा एमालेको वडाध्यक्षले खाता खोले

    धरान । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै एमालेले विजयको सुरुवात गरेको हो । ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे भएका छन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो । चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा एमालेको गा

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पार्कको आठौ बार्षिकोत्सव: निःशुल्क स्वास्थ्य चेकजाँच

    धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ । मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 1,515 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धन विरुद्ध इटहरीमा माओवादीको उम्मेदवार

    धरान । गठबन्धन गरिएको भनिएपनि इटहरी उपमहानगरमा माओवादी केन्द्रले मेयर र उप मेयर सहित मनोनयन दर्ता गराएको छ । गठबन्धन प्रति असन्तष्टी जनाँउदै आएको माओवादीले आफूहरुलाई पेलेर गएको भन्दै छुट्टै मनोनयन दर्ता गराएको हो । माओवादी केन्द्रका तर्फबाट मजदुर नेता भानु मैनालीले मेयर पदमा र शुशिला उप्रेतीले उप मेयर पदमा मनोनयन दर्ता गराएका हुन् । गठबन्धनका क्रममा इटहरी उपमहानगरमा कांग्रेसलाई मेयर र एकिकृत समाजवादीलाई उपमेयर दिने केन्द्रमा सहमति भएको थियो । केन्द्रमा मुख्य पदमा सहमति भएपनि वडा बिभाजनका बिषयमा कुरा समेत हुन नसक्दा माओवादीले मनोनयन दर्ता गराएको हो । माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष शिव ड

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 1,396 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेबाट मुस्लिम महिला उपमेयरमा

    धरान । आसन्न स्थानीय निकाय निर्वाचनमा आफ्नो समुदायको न्यायिक स्थानसहितको उपस्थिति पाउनुपर्ने माग राख्दै आएको इनरुवाका मुस्लिम समुदायबाट नेकपा एमालेले इनरुवा नगरपालिकाको उपप्रमुखमा अघि सारेको छ । कांग्रेसले बाइपास गर्दै स्थान दिन नसकेको गुनासो गरिरहेका मुस्लिम समुदायबाट एमालेले उपप्रमुखमा बबियाकी सहजादी परबिनलाई मनोनयन दर्ता गराएको छ । इनरुवाको मतदातामा दोश्रो ठूलो संख्या रहेको मुस्लिम समुदायले विभिन्न दलसँग आसन्न निर्वाचनमा आफ्नो समुदायको न्यायिक सहभागिताको माग गर्दै आएको थिए । नेपाली कांग्रेसले सकारात्मक आश्वासन दिँदै आए पनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गर्दै उपमेयरमा

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 1,211 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उम्मेद्वारको पार्टी विद्रोह: आफ्नो छाडि अर्कैबाट उम्मेद्वारी

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारले आफ्नै पार्टी भित्र विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । धरानमा ठुला पार्टीका निवर्तमान वडाअध्यक्ष देखि नेताहरुले पार्टी भित्रै विद्रोह गर्दै कसैले आफ्नो पार्टी परित्याग गरि अर्कै पार्टीबाट उम्मेदवार दिएका छन् भने कसैले स्वतन्त्र उम्मेदवारी हालेका हुन् । धरानमा सबै भन्दा ठुलो झट्का कांग्रेस र एमालेलाई लागेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नाम चलेका जनप्रतिनिधीले पार्टी परित्याग गरेका छन् । कांग्रेसबाट दुई जना वडाअध्यक्ष सहित जनवर्गिय संगठनका नेताहरुले पार्टी परित्याग गर्दै अर्को पार्टीबाट उम्मेदवारी दिएक

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved