रगत अभाव हुँदा आकस्मिक रक्तदान

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा नागरिक होमिए सँगै रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा धरानमा आकस्मिक रक्तदान कार्यक्रमको अभियाननै संचालन भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले आफ्नै पहलमा रक्तदान कार्यक्रम गर्न थालेको छ । सोसाइटीले तिन दिन सम्म धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सोमबार धरान १ स्थित पुरानो अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको सोसाईटीले मंगलबार धरान १७ स्थित रेल्वे चौंक र बुधबार र विहिबार पनि रक्तदान कार्यक्रमको अभियान संचालन गरेको छ ।

विगतमा विभिन्न राजनीतिक दल तथा संघ संस्थासँग समन्वय गरेर रक्तदान गर्दै आएको केन्द्रले पछिल्लो समय मुलुक स्थानीय तहको निर्वाचनमा होमिएका कारण नियमित हुनुपर्ने रक्तदान कार्यक्रम पनि प्रभावित बनेको छ ।

अहिले प्रतिष्ठानमा विरामीको अत्याधिक चाप बढेको छ । गर्मी सिजनसँगै प्रतिष्ठानमा विरामीको चाप बढ्नु स्वभाविक हो । तर रगत अभावका कराण मुटुका रागी, सुत्केरी महिला, नियमित डाइलासिस गर्नुपर्ने विरामी प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटीले आकस्मिक रक्तदान अभियान सञ्चालन गरेको रक्त सञ्चार सेवाका इन्चार्ज सुवास सिंहले बताए । उनले सबै गु्रपका रगतको अभाव भएपनि अहिले भने ओ पोजेटिभ र ए पोजेटिभ रगत भने धेरै नै अभाव भएको बताए । उनले भने, ‘अभाव भएकै कारण हामीले नेपाल रेडक्रस सोसाइटी अन्तर्गतका विभिन्न जिल्ला शाखाहरुसँग रगतको लागि सहयोग माग गर्दै आएका छौ, हामीले माग गरे अनुसार हालसम्म संखुवासभा इसाइ समाजबाट ४८ पिन्ट र दमक रक्त सञ्चारबाट ६० पिन्ट सहयोग आएको छ ।’

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved