स्पार्कको आठौ बार्षिकोत्सव: निःशुल्क स्वास्थ्य चेकजाँच

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ ।

मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २० प्रतिशत छुट रहेको थियो ।’

शिविरमा ७२ महिला र ६० पुरुष गरी १ सय ३२ जनाले सेवा लिएका थिए । अस्पतालले विगतदेखि नै गुणस्तरीय उपचारसँगै उपचारको पहुँच नपुगेका सर्वसाधारणहरुलाई समय समयमा निःशुल्क उपचार प्रदान गर्दै आएको छ । स्पार्कको काठमाण्डौसहित देशभर ११ वटा शाखाहरु रहेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved