उम्मेद्वारको पार्टी विद्रोह: आफ्नो छाडि अर्कैबाट उम्मेद्वारी

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आकांक्षी उम्मेदवारले आफ्नै पार्टी भित्र विद्रोह गर्दै उम्मेदवारी दिएका छन् । धरानमा ठुला पार्टीका निवर्तमान वडाअध्यक्ष देखि नेताहरुले पार्टी भित्रै विद्रोह गर्दै कसैले आफ्नो पार्टी परित्याग गरि अर्कै पार्टीबाट उम्मेदवार दिएका छन् भने कसैले स्वतन्त्र उम्मेदवारी हालेका हुन् ।

धरानमा सबै भन्दा ठुलो झट्का कांग्रेस र एमालेलाई लागेको छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नाम चलेका जनप्रतिनिधीले पार्टी परित्याग गरेका छन् । कांग्रेसबाट दुई जना वडाअध्यक्ष सहित जनवर्गिय संगठनका नेताहरुले पार्टी परित्याग गर्दै अर्को पार्टीबाट उम्मेदवारी दिएका छन् भने एमालेका दुई वडाअध्यक्ष मध्ये एकले स्वतन्त्र र अर्काले नेकपा समाजवादीबाट उम्मेदवारी दिएका छन् ।

कांग्रेसका वडा नम्बर १ र १४ का वडाअध्यक्षले पार्टी परित्याग गरि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दै पुनः वडाअध्यक्षमै उम्मेदवारी दिएका छन् । कांग्रेसको गढ मानिएको दुवै वडाअध्यक्षहरुले आफ्नो कार्यकालमा जनताको मन जितेको चर्चा चलेको थियो । वडा नम्बर १ का वडाअध्यक्ष रोशन अधिकारी र १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले मनोनयन गर्ने दिननै पार्टी परित्याग गरेको घोषणा गर्दै राप्रपाबाट पुनः वडाअध्यक्षमै उम्मेदवारी दिएका हुन् । त्यसै गरि कांग्रेसका नेता नन्द कुमार राई र अरुण कटुवालले पनि स्वतन्त्र रुपमा वडाअध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । राई र कटुवालले वडा नम्बर ८ र ११ मा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यता नेकपा एमालेबाट विद्रोह गरेका धरान ९ का वडाअध्यक्ष रत्न प्रसाद कटुवालले धरानको मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् भने वडा नम्बर ४ का वडाअध्यक्ष मान बहादुर राईले नेकपा एकिकृत समाजवादीबाट पुनः वडाअध्यक्षमै उम्मेदवारी दिएका छन् ।

पार्टी परित्याग गर्दै वडा नम्बर ८ को वडाअध्यक्षमा उम्मेदवारी दिएका कांग्रेसका आदिवासी जनजाती नेता नन्दराज राईले कांग्रेस प्रजातन्त्रवादी र लोकतन्त्रवादी नभएको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताए । उनले भने, ‘वास्तवमा लोकतान्त्रिक पार्टीको रुपमा हेरेको थिए, नेपाली कांग्रेस भित्र मान्छे मार्ने, गुण्डागर्दी गर्ने, पैसा दिनुपर्ने पहिचान बनाएकाले यो पार्टी कदापि पनि प्रजातन्त्रवादी र लोकतन्त्रवादी होइन ।’ लामो समय सम्म आफ्नै पकेटको खर्च गरेर नेपाल आदिवासी जनजाती संघको स्थानीय तह देखि प्रदेश सम्म संगठन विस्तार गर्दै पनि पार्टीले वडाअध्यक्ष सम्म पनि नदिएको उनको गुनासो छ ।

त्यसै गरि कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेर वडा नम्बर १४ का वडाअध्यक्ष बनेका भट्टराईले ५ वर्षे कार्यकालका प्रतिवद्धताहरु अपुरो रहेकाले त्यसलाई पुरा गर्न कांग्रेसले पुनः वडाअध्यक्ष नदिए पछि राप्रपाबाट उम्मेदवारी दिएको बताए । उनले भने, कांग्रेसलाई दोष दिन्न तर मेरो ५ वर्षे कालमा थुप्रै काम गर्न बाँकी थियो, कोरोनाको कहर, खानेपानीको समस्या, स्वास्थ्य, सामाजिक, शिक्षाको कुरालाई योजना बनाएर अघि बढेको थियो, त्यो पुरा गर्न मैले फेरी पनि वडाअध्यक्षमा उठ्न चाहेको हो । जुन चै कांग्रेसले नदिए पछि राप्रपाबाट वडा नम्बर १४ बाट उम्मेदवारी दिएको हो ।

भट्टराईको पारिवारिक पृष्ठभुमि राप्रपानै हो । मेरो बुबा राप्रपाका नेता थिए । उनी राप्रपाको घोषणापत्रमा रहेको निशुल्क शिक्षा, स्वास्थ्य उल्लेख गरेकै कारण हलो चुनाव चिन्ह लिएर मनोनयन दिएको दाबी गर्छन् ।

त्यसै गरि कांग्रेसबाट निर्वाचित वडा नम्बर १ का वडाअध्यक्ष अधिकारीले जनताको चाहना हुँदा हँुदै पनि नेपाली कांग्रेसले आफूलाई उमेद्वारी नदिएका कारण विद्रोह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेद्वारी दर्ता गरेको बताए । पार्टीमा पटक पटक कुरा राखे पनि सुनुवाई नभए पछि जनताको इच्छा अनुसार अर्को पार्टीमा प्रवेश गरेर पनि वडा नं. १ को वडाध्यक्षमा उठ्न बाध्य भएको उनी बताउँछन् । अन्य स्थानमा अरुलाई दोहो¥याइ रहदा काँग्रेसले आफुलाई भने अन्याय गरेको उनको दाबी छ । उनले भने, ‘मलाई मेरो इच्छाले उमेद्वारी दिएको होइन, धरान १ का सर्वसाधारणको चाहना अनुरुप मैले उमेद्वारी दर्ता गरेको हु ।’

यता पार्टी विभाजन भए देखिनै फरक विचार राख्दै आएका तत्कालिन एमालेबाट निर्वाचित भएका वडा नम्बर ९ का वडाअध्यक्ष रत्न कटुवालले स्वतन्त्र भएर निर्वाचित हुँदा जनताको काम गर्न सहज हुने भएकाले उम्मेदवारी दिएको बताए । उनले मेयर पदमा उम्मेदवारी दिदै भने, ‘जनताले नइच्छाएको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएकाले वितृष्णा जागेको हो, पार्टीले कारवाही गरिहाल्छ, त्यही भएर राजिनामा दिएको छैन्, कार्यकालमा राम्रो काम गरेकाले पार्टी भन्दा पनि जनताको मायाले प्रमुख पदमा उम्मेदवारी दिएको हुँ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved