एमालेबाट मुस्लिम महिला उपमेयरमा

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आसन्न स्थानीय निकाय निर्वाचनमा आफ्नो समुदायको न्यायिक स्थानसहितको उपस्थिति पाउनुपर्ने माग राख्दै आएको इनरुवाका मुस्लिम समुदायबाट नेकपा एमालेले इनरुवा नगरपालिकाको उपप्रमुखमा अघि सारेको छ ।

कांग्रेसले बाइपास गर्दै स्थान दिन नसकेको गुनासो गरिरहेका मुस्लिम समुदायबाट एमालेले उपप्रमुखमा बबियाकी सहजादी परबिनलाई मनोनयन दर्ता गराएको छ । इनरुवाको मतदातामा दोश्रो ठूलो संख्या रहेको मुस्लिम समुदायले विभिन्न दलसँग आसन्न निर्वाचनमा आफ्नो समुदायको न्यायिक सहभागिताको माग गर्दै आएको थिए । नेपाली कांग्रेसले सकारात्मक आश्वासन दिँदै आए पनि पछिल्लो समय टिकट वितरणमा मुस्लिम समुदायलाई अपहेलना गर्दै उपमेयरमा टिकट दिन नसक्दा इनरुवाका मुस्लिम समुदाय रुष्ट बनेका थिए ।

कांग्रेसले वडाहरुमा समेत मुस्लिम समुदायलाई न्यायिकरुपमा अटाउन नसकेको आरोप इनरुवाका अगुवा मुस्लिमहरुले लगाइरहेका छन् । इनरुवाको मुस्लिम बाहुल्य वडामा समेत कांग्रेसले नपत्याएको आरोप मुस्लिम अगुवाहरुको छ । इनरुवा २ मा बाक्लो उपस्थिति रहेको मुस्लिम समुदायबाट एक जना पनि नसमेटिँदा त्यस वडाका कांग्रेस सचिब बहाब अन्सारीसहित आधा दर्जन कांगे्रसका वडा पदाधिकारीहरुले आइतबार कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा दिइसकेका छन् ।

कांग्रेसले आफ्नो समुदायको बेइज्जत गरेको उनको भनाइ छ । यससँगै सुनसरी कांग्रेसले अन्य मुस्लिम बाहुल्य नगर तथा गाउँपालिकाका विभिन्न क्षेत्रमा मुस्लिम समुदायलाई बाइपास गरी अवसरबाट बन्चित गरेको आरोप सुनसरी कांग्रेसमाथि लागेको छ ।

यता इनरुवामा मुस्लिम समुदायको उपस्थितिबारे जानकार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले इनरुवाको नगर उपप्रमुखमा मुस्लिम समुदायकी सहजादी परबिनलाई अगाडि सार्दै वडा नम्बर ९ र १० मा वडा अध्यक्षमा समेत निर्वाचन आयोगमा मनोनयन समेत दर्ता गराइसकेको छ ।

१० हजारभन्दा बढी मुस्लिम मतदाता रहेको इनरुवामा कांग्रेसबाट समुदायले उचित स्थान नपाउनुलाई मुस्लिम अगुवाहरुले धोका भन्दै कडा प्रतिवाद गरेका छन् । इनरुवाका मुस्लिम अगुवा एवम् व्यवसायी नौसाद आलमले यसलाई मुस्लिमप्रतिको कांग्रेसी गद्दारीको संज्ञा दिएका छन् । उनले इनरुवाका अधिकांश मुस्लिम कांग्रेस रहे पनि कांग्रेसले न्याय दिन नसक्दा इनरुवामा मुस्लिम समुदायमा कांग्रेसको हैसियत अब समाप्त भएको प्रतिक्रिया दिए । धर्मगुरुहरुले इनरुवामा मुस्लिम समुदायलाई सम्मान गर्ने जोसुकैको पक्षमा लागी इनरुवामा मुस्लिम समुदायलाई निर्वाचित गराउन लागिपर्न अपिलसमेत गरेका छन् ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved