गठबन्धन विरुद्ध इटहरीमा माओवादीको उम्मेदवार

  • वैशाख १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गठबन्धन गरिएको भनिएपनि इटहरी उपमहानगरमा माओवादी केन्द्रले मेयर र उप मेयर सहित मनोनयन दर्ता गराएको छ । गठबन्धन प्रति असन्तष्टी जनाँउदै आएको माओवादीले आफूहरुलाई पेलेर गएको भन्दै छुट्टै मनोनयन दर्ता गराएको हो ।

माओवादी केन्द्रका तर्फबाट मजदुर नेता भानु मैनालीले मेयर पदमा र शुशिला उप्रेतीले उप मेयर पदमा मनोनयन दर्ता गराएका हुन् । गठबन्धनका क्रममा इटहरी उपमहानगरमा कांग्रेसलाई मेयर र एकिकृत समाजवादीलाई उपमेयर दिने केन्द्रमा सहमति भएको थियो ।

केन्द्रमा मुख्य पदमा सहमति भएपनि वडा बिभाजनका बिषयमा कुरा समेत हुन नसक्दा माओवादीले मनोनयन दर्ता गराएको हो । माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष शिव डाँगीले पेलेर गएकाले आफूहरुले अस्तित्वका लागि भएपनि मनोनयन दर्ता गराएको बताए ।

माओवादी केन्द्रले सवै वडामा अध्यक्ष सहित मनोनयन दर्ता गरेको छ । मेयरका उम्मेद्वार मैनालीले पार्टीले बिधिमा गठबन्धन गरेको भएपनि यहाँ छलफल समेत नगरेकाले बाध्य भएर मनोनयनदर्ता गरेको बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved