दुई भारतीय नक्कली डाक्टरको पक्राउ

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । डाक्टर भन्दै इजाजत बिना क्लिनिक संचालन गरेका दुइ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी र पथरीमा अवैध रूपमा क्लिनिक संचालन गरेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरेको हो । प्रहरीले भारत पश्चिम बंगाल स्थित दार्जिलिङका २७ वर्षिय पर्सनजित बर्मन र २९ वर्षिय सनोड मण्डललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

भारतीय नागरिक बर्मन र मण्डलले आफुलाई चर्चित डाक्टर हुँ भन्दै औषधी उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरेको भन्दै यहाँका स्थानियले प्रहरीलाई सूचना दिएका थिए । सूचनालाई आधार मानि प्रहरी ग्राहक बनेर क्लिनिक पुग्दा खुल्लेआम विरामीको स्वास्थ्य परीक्षण गर्दै गरेको भेटेपछि उनीहरूलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीले उपचारमा प्रयोग गरिएको सामाग्री पनि बरामद गरेको छ ।

पक्राउ परेका वर्मनले मोरङ पथरी शनिश्चरे नगरपालिका १ फिलिम हल लाईन स्थित श्री राम पाईल्स क्लिनिक संचालन गरेका थिए । यस्तै मण्डलले सुन्दरहरैचा नगरपालिका ३ स्थित गछिया चौकमा कल्पना आयुर्वेदिक क्लिनिक संचालनमा ल्याएका डिएसपी श्रेष्ठले बताए । उनीहरूले बिगत एक वर्षदेखि पथरी र गछियामा क्लिनिक संचालन गरेको पाएको प्रहरीले जनाएको छ ।

श्रेष्ठका अनुसार उनीहरूले चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेको र उपचार गर्न कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईजाजत पत्र समेत प्राप्त गरेका छैनन् । श्रेष्ठले भने, ‘यसरी नक्कली डाक्टर बनेर उपचार गरेको पाइएपछि पक्राउ गरिएको हो ।’ पक्राउ परेका दुवै जनालाई कारवाहीको लागि मोरङ प्रहरीले अदालतमा म्याद थप गरि मेडिकल काउन्सिलसँग आवश्यक समन्वय समेत गरेको प्रहरीले जनाएको छ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved