धरानमा ४ सय ७७ जनाको उम्मेद्वारी: मेयरमा २२, उपमेयरमा ११

  • वैशाख १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि धरानमा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२, र उपमेयर पदका लागि ११ जना सहित ४ सय ७१ जनाले उम्मेदवारी दिएका हुन् । मेयरमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।

मेयर पदका लागि मञ्जु भण्डारी सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एमाले), किशोर राई नेपाली काँग्रेस, ताजुबकुमार लिम्बु जनता समाजवादी पार्टी, नेपाल, नरेशकुमार शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी, रेवतीरमण राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), उमेश राई खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, पासाङ शेर्पा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, अम्बरबहादुर लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रहेका छन् ।

त्यसै गरि मेयर पदकै लागि रेणुका विक मौलिक जरोकिलो पार्टी, दिर्पाकुमारी राई मङ्गोल नेशनल अर्गनाइजेसन, राजेशकुमार राई राष्ट्रिय जनमुक्ति पार्टी, सुस्मिता कार्की सचेत नेपाली पार्टी, लोकेन्द्रबहादुर डङ्गोल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, राजकुमार राई लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिएका छन् ।

यता मेयर पदका लागि स्वतन्त्र उम्मेदवार हर्कराज राई, सुवर्णशमसेर राई, सूर्यबहादुर न्यौपाने, रत्नबहादुर कटुवाल, टोलकुमारी लुइँटेल, सञ्जीव भट्टराई, सञ्जय पाण्डे र श्यामकुमार भुजेल सहित धरानमा मेयर पद लागि २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उपमेयरमा पदम इस्वो लिम्बु नेकपा एमाले, आइन्द्रविक्रम बेघा नेकपा माओवादी केन्द्र, अमृता सुनार नेकपा एकीकृत समाजवादी, पूर्णमाया राई राष्ट्रिय प्रजातन्त्र पार्टी, श्यामकुमारी तामाङ राष्ट्रिय जनमुक्ति पार्टी, विना कुमारी राई जनता समाजवादी पार्टी,सरस्वती सुब्बा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, हर्कराज राई किरात खम्बुवान् साझा पार्टी, हेमकुमार दाहाल मौलिक जरोकिलो पार्टी सहित स्वतन्त्रमा दत्तकुमार लिम्बु, प्रेमप्रसाद तिम्सिना, गरी जम्मा ११ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी धरान उपमहानगरपालिकाको २० वटा वडाअध्यक्षका लागि १ सय २४ जनाले उम्मेदवारी दिएका छन् भने वडा सदस्य खुल्लामा १ सय ६६ जना, महिला वडा सदस्यमा ७६ जना र दलित महिला वडा सदस्यमा ७२ जना गरी जम्मा धरानमा ४ सय ७१ जनाले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved