समाचार

    Showing 6,071-6,080 of 10,035 items.
  • माइजोगमाई गाउँपालिकाको वेबसाइट भरपर्दो भएन: वेबसाइटमा जनप्रतिनिधिको नाम अपडेट भएन

    धरान । गाउँपालिकाले नागरिक वडापत्र, कार्यालयको संरचना, कार्यक्षेत्र, सम्बन्धित ऐन कानुनदेखि काम गर्ने कर्मचारी र जनप्रतिनिधीको विवरणसम्म सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तो सूचनाहरु सबैभन्दा भरपर्दो, छिटो र आवश्यकता अनुसार सार्वजनिक गर्ने सबैभन्दा सजिलो माध्यम वेबसाइट हो । त्यही प्रयोजनको लागि देशभरका स्थानीय तहहरुको वेभसाइट मन्त्रालयबाट नै एकै प्रकारको तयार गरेर सम्बन्धित स्थानीय तहहरुलाई उपलब्ध गराई सञ्चालन गरिँदै आएको छ । स्थानीय तहको चुनाव हुनुअघि पनि कतिपय स्थानीय निकाय÷तहले यस्तो वेबसाइट सञ्चालनमा ल्याएका थिए भने कतिपय पालिकामा भने स्थानय तह निर्वाचन पछि मात्र वेबसाईड सञ्चालनमा आएक

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी–मोरङ सिँचाईको नहर आसपासमा अतिक्रमण बढ्यो

    धरान । सुनसरी–मोरङ सिँचाई आयोजनाको चतरा नहर आसपास अतिक्रमण बढेको छ । सातबर्ष अघि अतिक्रमण गर्दै घर–टहरा बनाउने क्रम बढेपछि हटाइएको थियो । तर नियमनकारी निकायले फेरि चासो नदेखाउदा अतिक्रमण बढेको हो । २०७२ सालमा सुनसरी बराहक्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा ५ हजार ५सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन अटेर गरेपछि सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर भत्काएको थियो । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलो मिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिदै गएको छ । रामधुनीको झुम्का बजारदेखि उत्तर&

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 848 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पत्रकारको दुर्घटना वीमामा महासंघले चासो दिनुपर्ने’

    धरान । पत्रकारको दुर्घटना वीमामा महासंघले अग्रसर हुनुपर्ने धारणा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले बताएका छन् । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक हमालले पत्रकारको दुर्घटना बीमा सम्बन्धित जिल्लाका महासंघले तदारुकता देखाउनुपर्ने बताएका हुन् । संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम शुरु सञ्चालन गर्दै उनले पत्रकारले जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आएकोले दुर्घटना वीमा आवश्यक रहेको उनको भनाई थियो । उनले भन

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘उपचारमा फिजियोथेरापी अत्यन्तै लाभदायी’

    धरान । धरान १०, पुतली लाईनमा सञ्चालन भएको लाइफ केयर फिजियोथेरापी सेन्टरको शनिवार धरान उपमहानगरपालिका वडा नं. १०का वडाध्यक्ष विवेक राईले उद्घाटन गरे । उद्घाटनपश्चात बोल्दै वडाध्यक्ष राईले फिजियो थेरापी उपचारका लागि अत्यन्त लाभदायी हुने बताए । उनले भने–‘उपचारको पद्धतिमध्ये फिजियोथेरापी अत्यन्तै लाभदायक हुन्छ, यस थेरापी सेन्टरले धेरै भन्दा धेरै विरामी निको पारोस् मेरो शुभकामना ।’ फिजियोथेरापीको सञ्चालन धरानका युवा प्रवीर श्रेष्ठले गरेका हुन् । उनले धरान र धरान आसपासका सर्वसाधारणलाई लक्षित गरी लाइफ केयर फिजियोथेरापी सञ्चालन गरेको बताए । उनले भने– ‘धरान तथा धरान आपसप

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,069 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रको वडावडामा जेसिभी र ट्रयाक्टर पठाउने

    धरान । बराहक्षेत्र नगरपालिकाले शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले प्रत्येक गाउ गाउमा जेसिभी र ट्याक्टर पठाउने निर्णय गरेको छ । बैठकले नगरपालिकामा रहेको जेसीभीलाई प्रत्यक वडामा रोटेशन मिलाएर ५ – ५ घण्टा प्रयोग गर्ने निर्णय गरेको हो । त्यो बाहेक प्रकोप व्यवस्थापनमा जेसीभि प्रयोग गर्ने निर्णय गरेको छ । वैठकले नगरपालिका रहेको २ वटा ट्याक्टर र वडामा रहेको २ वटा ट्याक्टरलाई ११ वटा वडामा फोहोर व्यवस्थापनमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यस्तै चालु आर्थिक बर्षमा सञ्चालित निर्माणाधीन योजनाहरु अनुगमन गरि निर्माण कम्पनीलाई गुणस्तरीय र चाडो काम गर्न निर्दशन दिने, नगरमा रहेको जोखिमपूर्ण क्षेत

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किरात राई यायोख्खा १३ नं. वडा कार्यसमितिको आफ्नै भवन

    धरान । विभिन्न माध्यमबाट पहिचानको मुद्दा उठाउदै आएको किरात राई यायोख्खाक १३ वडा कार्यसमिति धरानको आफनै भवन निर्माण भएको छ । किराया खिम अर्थात भवनको उद्घाटन शनिवार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले एक कार्यक्रम गरेका छन् । भवन उद्घाटन पछि बोल्दै सभामुख भण्डारीले भवन निर्माणले किरात समुदायको पहिचानमा थप सहयोग पुग्ने बताए । उनले भने–‘किराती समुदायको सँस्कृति, भेषभुषा, भाषा, शैलीहरु मलाई साह्रै मन पर्छ । ’ १८ लाख भन्दा बढी लागत लागेको निर्माण समपन्न भवनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ बाट ८ लाख, तत्कालीन मेयर तिलक राईबाट मेयरकोषबाट प्रदान गरिएको १ लाख २५ हजार

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,229 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा तोडियो सत्ता गठबन्धन: जिसस प्रमुखमा राई र वैद्यको उमेद्वारी

    धरान । जिल्ला समन्वय समिति इलाममा एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने काङ्ग्रेसले एक्लै मनोनयन गरेको छ । एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको छ भने काङ्ग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार बनेका छन् । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली उम्मेदवार छिन् । माङ्सेबुङ गाउँपालिकाको उपाध्यक्ष जितेको जनता समाजवादी पार्टीले चाहिँ जिससको कुनै पनि पदमा उम्मेदवारी दिएन । महिला सदस्यमा एमालेबाट

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीमा पानीको बहाब बढ्यो: क्षति न्यूनिकरणकालागि स्थानीयहरुले सरकारसँग गुहार

    धरान । कोशी सम्झौता अनुसार भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा टापु क्षेत्र बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गर्ने गरेको छ । सप्तकोशीको बाढीले जमिन कटान गर्दा श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् । सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय संन्तोष चन्द्रवशीले बताए उनले भने–‘ बस्ती जोखिममा पर्दै गएका छ कटान नियन्त्रण गरि बस्ति संरक्षण नगरे भविष्यमा ठूलो क्षति भोग्नुपर्ने अवस्था आउन सक्छ ।’ पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ति जोगाउनै समस्या पर्न

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,192 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुआब्जा माग गर्दै सात दिने अल्टिमेटम

    धरान । सम्बन्धित निकायमा कागजात बुझाएको दुई बर्ष वितिसक्दा पनि मुआब्जा नदिएको भन्दै विराटनगर विमानस्थल पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । समितिले सोमबार विहान ७ बजे मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर मुआब्जा उपलब्ध गराइदिन माग गर्दै सात दिने अल्टिमेटम दिएका छन् । समितिका संयोजक वेदराज पौडेलका अनुसार विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गोरखापत्र दैनिकमा जमिन अधिग्रहणको लागि सुचना प्रकाशित गरेरे जमिन जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत रोक्का गरेको बताए । उनले भने– ‘मुआब्जाको दावी सहित कागजात लिएर आउन भनियो र हामीले मुआब्जाको दावि सहित

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीति तथा कार्यक्रम बहुमतले पारित: असार एकमा प्रदेश सभा बैठकमा बजेट पेश हुँदै

    धरान । प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ । बहुमतले पास गरिएको बजेट असार १ गते प्रदेशसभा वैठकमा पेश हुनेछ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेसँगैे प्रदेशसभा वैठकमा पेश हुने भएको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए । बैठकमा मुख्यमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved