समाचार

    Showing 6,071-6,080 of 8,619 items.
  • स्रोत नखुलेको १४ लाख २५ हजार रुपैंयासहित दुईजना पक्राउ

    इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 618 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका ३ खोप केन्द्रवाट कोभिड १९ विरुद्धको खोप दिइने

    इटहरी /  सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सुनाए उखान–टुक्का

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् । सोमबार शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहो¥याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिका र संघीयता प्रति जनताको आंशका प्रति चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए । अघिल्लो संसद बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाल

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदनमा विपक्षी दलको टिप्पणी : महामारीमा १ नम्बर प्रदेश सरकार हरायो

    विराटनगर । प्रदेश नं १ का विपक्षी दलका सांसदले कोरोना महामारीमा दुई पटक संसद विघटन गरेर संविधानको खिल्ली उडाउने काम भएको भन्दै जनताले प्रदेश सरकारको ठेगाना नपाएको टिप्पणी गरेका छन् । साना दलका सांसदले बजेट अधिवेशनलाई शुभकामना दिंदै प्रदेश सरकार संघीय सरकार छायाँ जस्तो मात्र बनेको बताउँदै माथिको सरकारको सिको गरेर अघि नबढ्न चेतावनी दिएका छन् । राजिव कोइरालाले आफूले प्रदेश सरकारले ल्याएको यसअघिका बजेट र कार्यक्रममा विपक्षी दलको नाताले आफूहरु पनि जोडिएको तर काम गर्न नसकेको बताउँदै भने,“सरकारले ल्याएको बजेट र सांसदको नाताले कतिपय कार्यक्रम छुटिएको भएपनि बजेट नपाइएकोले म जनतासंग माफ गर्न चाह

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 887 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधार्न नागरिक दबाव सञ्जालको एक हप्ते अल्टिमेटम

    धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थाले पछि धरान नागरिक दबाब संजालले एक हप्ते अल्टिमेटम सहित अवश्था सुधार्न ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धराने नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दल, सामाजिक संघसंस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पुर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा संजाल गठन गरेको थियो । संजालले आज प्रतिष्ठानका चारै जना पदाधिका

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ बेलबारीकी कोरोना संक्रमितको मृत्यु

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचार गराइरहेकी मोरङकी एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारी ४ की ४० वर्षिय महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोभिड अस्पतालमा पनि आइतबार नै भर्ना भएकी थिईन् । उनको शव व्यवस्थापन नियमानुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 625 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको वेथिति अन्त्य नभए सम्म नागरिक दबाब संजालले निरन्तर आन्दोलन गर्ने

    धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको वेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठिन नागरिक दबाब सञ्जाले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने भएको छ । विगतमा समेत प्रतिष्ठानको वेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरुले प्रतिष्ठानभित्र हुने गरेका वेथिति, भ्रष्टाचार लगायतका कुराहरु नियन्त्रण गर्ने भन्दै शुर भएका आन्दोलनहरु बीचैमा तुहिने गरेको भएपनि यो समितिले भने प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ । दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र ह

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 708 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

    मोरङ । मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । सोमबार विहान साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असार देखि वैकल्पिक माध्यमबाट शैक्षिकसत्र शुरु हुने

    सुनसरी । कोरोनाको महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु असार १ गते देखि वैकल्पिक माध्यमबाट शुरु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक माध्यमबाट असार १ गते देखि नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन समेत दिएका छन् । वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्योल भने कायमै छ । विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेख

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,242 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादीद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

    विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन्। समर्थन फिर्ता भएपनि नेकपा एमालेको एकल बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई संकट छैन ।माओवादीले केन्द्रमा सरकारलाई दिएको‌ समर्थन फिर्ता गर्ने निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । केन्द्रीय नीति अनुसार नै प्रवेशमा पनि निर्णय भएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 636 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved