वराहक्षेत्रको वडावडामा जेसिभी र ट्रयाक्टर पठाउने

  • जेठ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बराहक्षेत्र नगरपालिकाले शुक्रबार बसेको पहिलो कार्यपालिका बैठकले प्रत्येक गाउ गाउमा जेसिभी र ट्याक्टर पठाउने निर्णय गरेको छ ।

बैठकले नगरपालिकामा रहेको जेसीभीलाई प्रत्यक वडामा रोटेशन मिलाएर ५ – ५ घण्टा प्रयोग गर्ने निर्णय गरेको हो । त्यो बाहेक प्रकोप व्यवस्थापनमा जेसीभि प्रयोग गर्ने निर्णय गरेको छ । वैठकले नगरपालिका रहेको २ वटा ट्याक्टर र वडामा रहेको २ वटा ट्याक्टरलाई ११ वटा वडामा फोहोर व्यवस्थापनमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यस्तै चालु आर्थिक बर्षमा सञ्चालित निर्माणाधीन योजनाहरु अनुगमन गरि निर्माण कम्पनीलाई गुणस्तरीय र चाडो काम गर्न निर्दशन दिने, नगरमा रहेको जोखिमपूर्ण क्षेत्रको अवलोकन गरि व्यवस्थापनको तयारी गर्ने निर्णय गरिएको छ ।
वैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । वैठकले १३ वटा बिषयगत समिति र ३ वटा उप –समिति गठन गरेको हो । प्रमुख प्रशाशकीय अधिकृत

गिरिका अनुसार नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा बजेट सिमा निर्धारण तथा स्रोत अनुमान समिति, उप–प्रमुख नन्दकुमारी राईको संयोजकत्वमा राजेश्व परामर्श समिति , अनुगमन समिति र बजेट तथा नीति कार्यक्रम तर्जुमा समिति गठन भएको छ ।

त्यस्तै वराहक्षेत्र वडा नं ११ का वडाध्यक्ष कृष्णकुमार महत्तोको संयोजकत्वमा विधान समिति , वडा नं १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्गको संयोजकत्वमा आर्थिक विकास समिति , वडा नं ३ का वडाध्यक्ष राजदिप लामाको संयोजकत्वमा पुर्वआधार विकास समिति, वडा नं ८ का वडाध्यक्ष रोशन खड्काको संयोजकत्वमा सामाजिक विकास समिति , कार्यपालिका सदस्य रत्नबहादुर रम्तेलको संयोजकत्वमा सुशासन तथा संस्थागत विकास समिति , वडा नं ४ वडाध्यक्ष आशाराम चौधरीको संयोजकत्वमा वन तथा वारावरण, विपत व्यवस्थापन समिति , वडा नं २ का वडाध्यक्ष होमप्रसाद गौतमको संयोजकत्वमा सार्वजनिक लेखा समिति, वडा नं ५ का वडाध्यक्ष रोहित काफ्लेको संयोजकत्वमा शिक्षा समिति , वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यको संयोजकत्वमा नगर खेलकुद विकास समिति गठन भएको छ ।

त्यस्तै उप– प्रमुख नन्दकुमारी राईको संयोजकत्वमा अपाङ्ग रोकथाम तथा पुनःस्थापना उप– समिति र नगर प्रमुख कार्कीको संयोजकत्वमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता उपसमिति र गरिबी निवारण तथा लघु उद्यम बिकास समिति गठन भएको प्रमुख प्रशाशकीय अधिकृत गिरीले जानकारी दिए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved