माइजोगमाई गाउँपालिकाको वेबसाइट भरपर्दो भएन: वेबसाइटमा जनप्रतिनिधिको नाम अपडेट भएन

  • जेठ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गाउँपालिकाले नागरिक वडापत्र, कार्यालयको संरचना, कार्यक्षेत्र, सम्बन्धित ऐन कानुनदेखि काम गर्ने कर्मचारी र जनप्रतिनिधीको विवरणसम्म सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तो सूचनाहरु सबैभन्दा भरपर्दो, छिटो र आवश्यकता अनुसार सार्वजनिक गर्ने सबैभन्दा सजिलो माध्यम वेबसाइट हो । त्यही प्रयोजनको लागि देशभरका स्थानीय तहहरुको वेभसाइट मन्त्रालयबाट नै एकै प्रकारको तयार गरेर सम्बन्धित स्थानीय तहहरुलाई उपलब्ध गराई सञ्चालन गरिँदै आएको छ । स्थानीय तहको चुनाव हुनुअघि पनि कतिपय स्थानीय निकाय÷तहले यस्तो वेबसाइट सञ्चालनमा ल्याएका थिए भने कतिपय पालिकामा भने स्थानय तह निर्वाचन पछि मात्र वेबसाईड सञ्चालनमा आएको थियो । इलामको माईजोगमाई गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७४ पछि धधध।mबष्वयनmबष्mगल।नयख।लउ को वेबसाइट चलाउँदै आएको छ । यसैमा बजेट तथा कार्यक्रम, योजना परियोजना, पालिकाका निर्णयहरु, ऐन कानुन तथा कार्यविधीहरु, सार्वजनिक खरिद तथा बोलपत्रका सूचनाहरु जस्ता महत्वपूर्ण सूचना देखि गाउँपालिकामा निर्वाचित पदाधिकारी र कर्मचारीको तस्विर र फोन नम्बर सहितका विवरण पनि राखिएका छन् ।

सूचनाहरु सबैभन्दा भरपर्दो, छिटो, आवश्यकता अनुसार सार्वजनिक गर्न प्रयोग गरिने माईजोगमाई गाउँपालिकाको वेबसाइटमा भने जनप्रतिनिधीका विवरण नै यथार्थ नरहेको पाइएको छ । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएकोे पनि एकमहिना भएको छ । तर माईजोगमाई गाउँपालिकाको र वेबसाइटमा २०७४ सालकै जनप्रतिनिधीहरु राखिएका छन । गाउँपालिकाको वेबसाईडमा अध्यक्ष जितबहादुर राई र उपाध्यक्षमा सावित्रा भट्टराईको नाम छ उनीहरु २०७४ सालमा निर्वाचित जनप्रतिनिधी हुन । तर २०७९ को निर्वाचनबाट अध्यक्षमा कुश बहादुर थेवे र उपाध्यक्षमा प्रविना राई निर्वाचित भएर कार्यभार सम्हालेको एक महिना हुनै लाग्दा पनि पालिकाको वेबसाईडमा भने पुरानै जनप्रतिनिधीको नाम राखिएको छ । त्यस्तै वडा अध्यक्षहरुमा पनि १ र २ नं. वडाका वडाध्यक्ष यामकुमार कार्की र डम्बर बहादुर सुवेदिको नाममात्र सही भएपनि उनीहरु पुन निर्वाचित भएका हुन । वडाध्यक्ष ३ मा राम घिमिरे वडाध्यक्ष भएपनि पुर्व वडाध्यक्ष याम प्रसाद लामाको नाम राखिएको छ भने वडा नं ४ मा डुरन देवान वडाध्यक्ष हुन तर वेबसाइडमा भने गणेशकुमार राईकै नाम रहेको छ । वडा नं ५ र ७ मा निर्मलध्वज राई र दिपेस सोङ्मी वडाध्यक्ष निर्वाचित भएपनि वेबसाईडमा भने दाताराम संजेल र भवानी प्रसाद लिङदमको नाम रहेको छ । त्यस्तै वडा सदस्यहरुमा वडा नं १ मा भक्तबहादुर लिम्बु र वीरबहादुर राई निर्वाचित भएको एकमहिना वितेपनि देवी प्रसाद खरेल र दलबहादुर राईको नाम रहेको छ भने वडा नं २ र ३ मा सन्तबहादुर राई, रमेश राई र प्रेमबहादुर तामाङ, विक्रम राई निर्वाचित भएपनि पालिकाको आधिकारीक वेबसाईडमा भने पूर्व सदस्यहरुकै नाम रहेको छ । वडा नं ४ र ५ को पनि अवस्था त्यस्तै छ । ४ मा कुमार तामाङ र निश्चल राई निर्वाचित भएका छन् भने ५ मा कमल बहादुर राउत र तोकबहादुर बस्नेत निर्वाचित छन । उता वडा नं ६ मा भने विजय प्रसाद थेवे पुन निर्वाचित हुँदा पुरानै नामावलीसँग मेल खान पुग्दा यथार्थ नाम भए पनि अर्का सदस्य मिङ्मा शेर्पा निर्वाचित भएपनि पुर्व सदस्य छिरिङ शेर्पाको नाम रहेको छ ।

महिला सदस्यमा (वडा नं. क्रमस १– ६ सम्म) लक्ष्मी राई, पुनम खड्का, शकुन्तला पौडेल, कमला न्यौपाने,धन लक्ष्मी सोङ्मी र सिता कुमारी खालिङ निर्वाचित भएका छन । तर गाउँपालिकाको वेबसाईडमा भने वडा नं १ विश्णुमाया राई र २ मा कविता राईको नाम रहेको छ । त्यस्तै ३ मा भने शकुन्तला पौडेल पुन निर्वाचित भएकी छिन भने ४,५ र ६ नं वडामा मिरा देवी खवास, मनकुमारी लिम्बु र सोम कुमारी साउदेनको नाम राखिएको छ ।

दलित महिला सदस्यमा २ र ६ नं वडामा रुपादेवी दियाली र रामकुमारी परियार पुन ः निर्वाचित हुँदा वेभसाइडको सुचना यथार्थ देखिएपनि १,३,४ र ५ मा भने पुरानै जनप्रतिनिधीको नाम रहेको छ । १ नं वडामा कल्पना रसाईलीको नाम हुनुपर्नेमा भीमा देवी चँदाराको नाम छ भने ३ नं वडामा कल्पना देवी सार्कीको नाम हुनुपर्नेमा मेनुका कठेतको नाम रहेको छ । त्यस्तै ४ र ५ नं वडामा दिलमाया लामगादे र युद्घमाया दमाई हुनुपर्नेमा विश्नुमाया लमजेल र रेनुका खातीको नाम वेबसाइडमा रहेको छ । पालिकाले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको नाम राख्यो तर २०७९ सालको निर्वाचनबाट नयाँ जनप्रतिनिधी निर्वाचित भएको एकमहिना वित्दा पनि वेबसाइडमा सच्याएको छैन । यसैलाई आधार मान्ने हो भने पनि पालिकाको वेबसाइटबाट प्राप्त गर्ने सूचनाहरु कत्तिको भरपर्दो होला ? भन्ने प्रश्नसहितको भ्रम सेवाग्राहीमा पर्ने देखिन्छ । सूचना अधिकारी गोकुल सञ्जेलले यो विषय छलफलमा उठेको हो, अहिले म वडामा भएको र किन अपडेट नभएको भनेर आइटीसँग बुझ्न जानकारी दिए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved