धरान । कोशी सम्झौता अनुसार भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा टापु क्षेत्र बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गर्ने गरेको छ ।
सप्तकोशीको बाढीले जमिन कटान गर्दा श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् । सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको स्थानीय संन्तोष चन्द्रवशीले बताए उनले भने–‘ बस्ती जोखिममा पर्दै गएका छ कटान नियन्त्रण गरि बस्ति संरक्षण नगरे भविष्यमा ठूलो क्षति भोग्नुपर्ने अवस्था आउन सक्छ ।’
पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ फर्किए पछि बस्ति जोगाउनै समस्या पर्न थालेको स्थानीयहरुको भनाई छ । भारतको बिहार सरकारले पूर्वीमा तटबन्ध च्यानल निर्माणको काम गरेपछि कोशीले पश्चिमतर्फ धार परिवर्तन स्थानियको आरोप छ ।
सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटानले २ वर्षमा श्रीलंका टाप्पुका २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु मात्र परेको छैन एक सय भन्दा बढी घर परिवार विस्थापत भएका छन् । कोशी कटानका कारण शैक्षिक सस्थाहरु समेत प्रभावित बनेका छन् । तत्काल कोशी कटान नियन्त्रणको काम थाल्न स्थानीयहरु सरकारसंग माग गरेका छन । प्रत्यक बर्ष बर्षाद्को समयमा ६÷७ किलोमिटर मिटर कोशीले पूर्वबाट कटान गरे पछि स्थानियहरुले सप्तकोशी कटान नियन्त्रण संघष समिति नै गठन गरेर नियन्त्रणका लागि सम्बन्धित पक्षलाई घचाउदै आएका छन् ।
सर्वसाधारणले क्षति न्यूनिकरणको विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएपछि यसप्रति स्थानीय सरकारको ध्यानाकर्षण यसतर्फ गएको छ । सर्वसाधारणको माग बमोजिम नै शनिवार कोशस् कट्टान क्षेत्रको स्थलगत निरिक्षण गर्न नगर प्रमुख रमेश कार्की श्रीलंका टप्पु पुगेका छन् । नगर प्रमुख कार्की सहित प्रमुख प्रशाशकीय अधिकृत खगेन्द्र गिरस् , वडा नं ६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेल , इलाका प्रहरी कार्यलय महेन्द्रनगरका प्रहरी टिकावहादुर कार्की सहित जनप्रतिनिधिले त्यस क्षेत्रको निरीक्षण गरेका थिए ।
सो अवसरमा नगरप्रमुख कार्कीले कोशी कटानको नियन्त्रणमा स्थानीय सरकार गम्भीर भएको बताएका थिए । उनले भने–कोशी कटानको नियन्त्रण गर्न तत्काल योजना बनाएर काम गछौ ।’ उनले स्थानीय सरकार एक्लैले यत्रो ठूलो काम गर्न नसक्ने बताउदै आफूहरुले प्रदेश सरकार , केन्द्रीय सरकार र विहार सरकारलाई कोशी कट्टान नियन्त्रणकालागि आग्रह गर्ने बताए । स्थानीयवासी आवश्यक्तालाई पूरा गर्ने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘यो काम एक्लैले गर्न सक्ने कुरा भएन, हामीले प्रदेश सरकार, संघीय सरकार र विहार सरकारलाई कटान नियन्त्रणका विषयमा आग्रह गर्छौ ।’
सप्तकोशी कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका, कोशी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौ बस्ती जोखिममा रहेका छन् ।