‘पत्रकारको दुर्घटना वीमामा महासंघले चासो दिनुपर्ने’

  • जेठ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पत्रकारको दुर्घटना वीमामा महासंघले अग्रसर हुनुपर्ने धारणा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले बताएका छन् ।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक हमालले पत्रकारको दुर्घटना बीमा सम्बन्धित जिल्लाका महासंघले तदारुकता देखाउनुपर्ने बताएका हुन् ।

संखुवासभाको सदरमुकाम खाँदबारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम शुरु सञ्चालन गर्दै उनले पत्रकारले जोखिम मोलेर काम गर्नुपर्ने अवस्था आएकोले दुर्घटना वीमा आवश्यक रहेको उनको भनाई थियो ।

उनले भने–‘दुर्गम जिल्लामा जोखिम मोलेर बाढी पहिरो जस्ता विपद्का सूचना सङ्कलन गर्ने जानुपर्ने बाध्यता छ, सरकारले दुर्घटनामा परेका पत्रकारलाई दुर्घटना बीमाअन्तर्गत सात लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था छ ।’

राज्यले पत्रकारको योगदानको कदर गर्दे दुर्घटना बीमा सञ्चालनमा ल्याएको उनले बताए । पत्रकार दुर्घटना बीमा (व्यवस्थापन) निर्देशिका, २०७० अनुसार पत्रकार दुर्घटना बीमा अन्तर्गत चोटपटकको कारणबाट ४५ प्रतिशतभन्दा बढी अशक्तता भएकोलाई सात लाख रुपैयाँसम्म र दुर्घटनाबाट भएको उपचारबापत लाग्ने खर्चको हकमा बिलबमोजिम बढीमा दुई लाख रुपैयाँसम्मको खर्च व्यहोर्ने व्यवस्था छ ।

पत्रकार दुर्घटना बीमा गर्ने सूचना विभागबाट जारी प्रेस पास र पत्रकार महासंघको सदस्यता नवीकरण भएको हुनुपर्ने प्रावधान छ ।

शिविरमा सूचना विभागले अनलाइन दर्ता, प्रेस पास नवीकरण र प्रेस पास वितरण गर्ने जनाएको छ। शनिबारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved