नीति तथा कार्यक्रम बहुमतले पारित: असार एकमा प्रदेश सभा बैठकमा बजेट पेश हुँदै

  • जेठ ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ ।

बहुमतले पास गरिएको बजेट असार १ गते प्रदेशसभा वैठकमा पेश हुनेछ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेसँगैे प्रदेशसभा वैठकमा पेश हुने भएको हो ।

सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

\छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि प्रदेशको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे । उनले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाए । उनले भने–‘प्रस्तुत नीति तथा कार्यक्रम अनुरुप नै आगामी बजेट आउछ, राजनीतिक रुपमा मतभेद र विचार फरक भएपनि प्रदेशको विकासमा एकवद्धता भएर अघि बढ्नुपर्छ ।’

सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही भएको मुख्यमन्त्री राईको भनाई थियो । बजेट तथा नीती कार्यक्रम साझा बिषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved