धरान । प्रदेश नं. १ पूर्व मुख्यमन्त्री शेरधन राईले काँग्रेसले साथ दिए आधा घण्टा भित्र प्रदेशको नामाकरण गर्न सकिने बताएका छन् । बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री राईले काँग्रेसले साथ दिए आधा घण्टामा प्रदेशको नाम राख्न सकिने बताएका हुन् । राईले आफ्नै कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै भने, ‘नामको विषयमा एमालेमा कुनै समस्या छैन, हामी आधा घण्टामा टुंग्याउन सक्छौं,’ उनले भने, ‘नेपाली काँग्रेस लगायतका दलहरूसँग सम्वाद चलिरहेको छ र हामी केही दिनभित्र ठोस साझा प्रस्ताव गरेर प्रक्रियामा हामी सहभागी हुन्छौं ।’ सञ्चारकर्
धरान । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय स्थलको रुपमा प्रदेश नं. १ मै परिचित छ । विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिक महत्व रहेकै कारण यहाँ प्रदेश नं. १ बाटमात्र हैन नेपालका विभिन्न स्थान र भारतबाट विजयपुर आउने गरेका छन् । विगतमा वडा समितिको कार्यालयको माथिल्लो तलामा सानो कोठामा सञ्चालन गरिएको अस्थायी प्रहरी चौकीका कारण सुरक्षाकर्मीलाई सुरक्षाको काम गर्न कठिन भएको थियो । सुरक्षाकर्मीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी चौकी निर्माणको योजना वडाले अगाडि सारेको हो । सोही अनुरुप विहीबार अस्थायी प्रहरी चौकीको शिलान्यास समेत भएको छ । भवनको उद्घाटन प्रदेश नं १ का आन्
धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् । भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका हुन् । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रह समेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी ब्लक हुने गरेको छ,&rsq
धरान । मिर्गौला पीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौ लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि सस्तोमा डाइलासिस गर्ने भएको छ । अस्पतालमा मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजारमा डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला पीडित विरामीहरूले डायलाइसिस गर्नुपरे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित हेमाडायलासिस सञ्चालनमा ल्याएको छ । सर्वसुलभ ढंगमा गुणस्तरीय डाइलासिस गर्न पाउने भएपछि विरामीले राहत मिलेको बताएका छन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि
धरान । झापाको झापा गाउँपालिका ३ कल्लामारी स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना मोटरसाईकल चालकको मृत्यु भएको छ । बुधबार दिउसो सवा २ बजे मे १ त ४४१८ नम्बरको ट्याक्टरले मे ११ प २८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिइ दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २० बर्षीय अख्तर अलिको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । उक्त ट्रयाक्टर र चालक प्रबिज आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो । मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा जोकोही पुग्यो भने त्यहाका भित्तामा ‘तपाई सिसी क्यामराको निगरानीमा हुुनुहुन्छ’ भन्ने सूचना भित्तामा टाँगेको देखिन्छ । तर सिसी क्यामेरा खोज्ने हो भने कही पनि भेटिदैन । एसियाकै ठूलो अस्पताल प्रतिष्ठानको यस्तो वेथितिका कारण सर्वसाधारणको मोटरसाइक हराउने, सामान चोरी हुने, मोवाइल चोरी हुने, पर्स चोरी हुने घट्ना बढेको हो । ‘नाङ्लो टठाएर हात्ती तर्साउने’ नियतले राखिएको यस्ता सूचनामा प्रतिष्ठानमा पुग्ने जोकोहीलाई थाहा नहुने कुरै हुँदैन । सिसी क्यामेरा नभएकै कारण विगतदेखि नै पार्किङमा राखिएका मोटरसाइक
धरान । प्रदेश १ सरकारले आगामी आर्थिक ०७९÷८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको जानकारी गराए । उक्त बजेटको अनुमानित स्रोत व्यहोर्ने प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८
धरान । विराटनगरको नोवेल अस्पतालले गाउँमै पुगेर सर्वसाधारको उपचार गरेको छ । अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गाउँमै ‘एम्बुलेन्स क्याम्प’ सञ्चालनज गरेका हुन् । सञ्चालन गरेको क्याम्पबाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत सञ्चालित क्याम्प मोरङको बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन भइरहेको छ । चिकित्सक सहितको टोली एम्बुलेन्समा जाने र गाउँका विरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक
धरान । सुनसरीको दुहवीमा विश्व रक्तदान दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा नेपाल रेडक्रस विराटनगरसंगको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोे हो । मंगलबार दुहवी नगरपालिकाको प्रांगरणमा आयोजित रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको दुहवी जेसीजका अध्यक्ष दिपेश राउतले बताए । दुहवी जेसीज तथा रौनियार सेवा समितिको संयुक्त आयोजनामा भएको कार्यक्रमका रक्तदान गनेहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रम संयोजक कुनाल रौनियारले बताए । रक्तदान कार्यक्रममा दुहवी नग