डुबान समस्याका विषयमा भारतीय पक्षको ध्यानकर्षण

  • असार २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।

भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका हुन् । सीमावर्ती क्षेत्रमा निर्माण गरिएको आइसीपीको पर्खालका कारण हरेक वर्षायाममा विराटनगर–१८ का विभिन्न टोल डुबानमा पर्ने गरेको छ । मेयर कोइरालाले समस्या समाधानको उपाय खोज्न भारतीय पक्षलाई आग्रह समेत गरे । ‘आइसीपीको अग्लो पर्खालका कारण वर्षाको समयमा पानी ब्लक हुने गरेको छ,’ कोइरालाले भने, ‘पानीको सहज निकासका लागि प्राविधिक रुपमा के गर्न सकिन्छ तपाईंहरूले गरिदिनु प¥यो ।’

आइसीपीको पर्खालका कारण पानीको निकास रोकिँदा विराटनगर १८ डुबानमा पर्ने गरेको मेयर कोइरालाले बताए । कोइरालाले वर्षाको समयमा पानीको सहज निकासका लागि तत्कालै उपाय खोजी गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै भारतीय पक्षले आइसीपीदेखि कटहरीसम्मको रेलमार्ग निर्माणमा सहजीकरण गरिदिन मेयर कोइरालालाई आग्रह गरेको थियो । दूतावासका फष्ट सेक्रेटरी बंसालले ओभरहेड ब्रिज र छेउछाउका टहराका कारण रेलमार्ग निर्माणले गति लिन नसकेको बताए । उनले रेलमार्गमा पर्ने ओभरहेड ब्रिजबाट सर्वसाधारणको आवतजावतमा रोक लगाउन र छेउछाउका टहरा हटाइदिन आग्रह गरेका थिए । भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेलमार्ग निर्माण भइरहेको छ । भारततर्फ निर्माण सम्पन्न भए पनि नेपालतर्फ भने मुआब्जा विवाद र रेलमार्गमा पर्ने भौतिक संरचना नहटाउँदा निर्माण हुन सकेको छैन । आइसीपीबाट नेपालतर्फ करिब एक किलोमिटर मात्रै रेलमार्ग निर्माण भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । हालसम्म रेलमार्गको ८२ प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ थियो ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved