पर्यटकको सुरक्षाकालागि विजयपुरमा प्रहरी चौकी

  • असार ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय स्थलको रुपमा प्रदेश नं. १ मै परिचित छ । विजयपुरमा रहेका मठमन्दिरको ऐतिहासिक महत्व रहेकै कारण यहाँ प्रदेश नं. १ बाटमात्र हैन नेपालका विभिन्न स्थान र भारतबाट विजयपुर आउने गरेका छन् ।

विगतमा वडा समितिको कार्यालयको माथिल्लो तलामा सानो कोठामा सञ्चालन गरिएको अस्थायी प्रहरी चौकीका कारण सुरक्षाकर्मीलाई सुरक्षाको काम गर्न कठिन भएको थियो । सुरक्षाकर्मीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी चौकी निर्माणको योजना वडाले अगाडि सारेको हो । सोही अनुरुप विहीबार अस्थायी प्रहरी चौकीको शिलान्यास समेत भएको छ ।

भवनको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार शिलान्यास गरेका हुन् । प्रहरी चौकीको लागि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध गराएका छन् । करिब १५ धुर जग्गामा प्रहरी चौकीको भवन बन्न लागेको हो ।

उद्घाटनपश्चात बोल्दै मन्त्री कार्कीले पर्यटन प्रवद्र्धनका लागि शान्ति सुरक्षा पनि एउटा पाटो भएको बताए । उनले भने–‘विजयपुर धार्मिक पर्यटक क्षेत्र हो, यहाँ देश तथा विदेशबाट धेरै पर्यटकहरु आउने गर्छन, यहा आउने पर्यटकलाई सुरक्षा प्रदान गर्न पनि एउटा अस्थायी प्रहरी चौकी आवश्यक छ ।’

धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पर्ने पूर्वाधार खानेपानी, यातायातमात्र हैन शान्ति सुरक्षा पनि एक भएको बताए । उनले भने–‘ विगतमा सानो कोठामा अव्यवस्थितरुपमा प्रहरी बस्नु परेको थियो, वडा समिति र प्रहरी कार्यालय एकै ठाउमा रहँदा शान्ति सुरक्षामा चुनौति थियो, त्यही भएर पनि प्रदेश मन्त्रालयसँग बजेट माग गरेर भएर पनि चौँकी निर्माण गर्ने कामलाई अगाडि बढाएका हौै ।’

उनले प्रहरी चौकीसहित बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना भएपनि सम्भव नभए नभएपछि अस्थायी प्रहरी चौकी निर्माण गर्न लागिएको बताए । उनले भने–‘स्थानीय जग्गदाता र प्रदेश सरकारको सहयोगमा अस्थायी प्रहरी चौकी निर्माण गर्न लागेका छौ, यसले धरान १४ मा शान्ति सुरक्षामा ठूलो सहयोग पुने अपेक्षा हामीले लिएका छौं ।’ अस्थायी चौकी निर्माणका लागि जग्गादाता बसन्त श्रेष्ठको संयोजकमा निर्माण समिति बनेको पनि वडाध्यक्ष भट्टराईले बताए ।

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved