अन्तरपालिका फुटबलको उपाधि धनकुटालाई

  • असार २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अन्तरपालिका स्तरीय शहीद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ ।

धनकुटामा शनिबार शरु भएको प्रतियोगिता शहीद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाले आयोजना गरेको थियो ।

मंगलबार भएकोे फाइनलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । विजेता धनकुटा नगरपालिकाले नगद ५० हजार रूपैयाँसँगै कप हात पारेको छ ।

उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार नगदसहित ट्रफी हात पारेको छ ।

फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धनकुटा नगरपालिकाकै तीर्था लिम्बू घोषित भइन् ।

प्रतियोगितामा धनकुटा जिल्लाका ७ वटा स्थानीय तहको सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाले छथर जोरपाटी गाउँपालिकालाई र चौबिसे गाउँपालिकाले शहीदभूमि गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेको आयोजकले जनाएको छ ।

महिलालाई पनि फुटबल खेलमा समावेश गरेर खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको आयोजकको भनाई  छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved