धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा जोकोही पुग्यो भने त्यहाका भित्तामा ‘तपाई सिसी क्यामराको निगरानीमा हुुनुहुन्छ’ भन्ने सूचना भित्तामा टाँगेको देखिन्छ । तर सिसी क्यामेरा खोज्ने हो भने कही पनि भेटिदैन । एसियाकै ठूलो अस्पताल प्रतिष्ठानको यस्तो वेथितिका कारण सर्वसाधारणको मोटरसाइक हराउने, सामान चोरी हुने, मोवाइल चोरी हुने, पर्स चोरी हुने घट्ना बढेको हो । ‘नाङ्लो टठाएर हात्ती तर्साउने’ नियतले राखिएको यस्ता सूचनामा प्रतिष्ठानमा पुग्ने जोकोहीलाई थाहा नहुने कुरै हुँदैन ।
सिसी क्यामेरा नभएकै कारण विगतदेखि नै पार्किङमा राखिएका मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन । केही समय अगाडि गाइनो वार्डबाट मोटरसाइकल चोर्दा चोर्दै प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको केटिएम सेक्युरिटी सर्भिसका सुरक्षाकर्मीले पक्राउ गरी प्रहरीलाई बुझायो । यतिमात्र हैन यहाँबाट विरामी तथा विरामीको कुराको मोवाइल, पैसासहितको पर्स चोरी हुँदा विरामी लिएर आउनेहरु समस्यामा परेका छन् ।
विरामीको मात्र हैन यहाँ कार्यरत चिकित्सकहरुको समेत पार्किङमा राखिएका मोटरसाइकल सुरक्षित हुँदैनन् । र्भखरै जेष्ठ २९ गते धनकुटाको शहीदभूमि गाउँपालिका–२ घरभएका २५ बर्षीय आश्वासन राईलाई सुरक्षामा खटिएको सुरक्षाकर्मीले प्रक्राउ गर्यो भने चोरीमा सलग्न एकजना फरार भए । एक बजे पार्किङबाट बाइक चोरी गर्ने प्रयास गर्दा गर्दा ती व्यक्ति समातिएका हुन् । डिउटीमा खटिएका सुरक्षा गार्डले ती बाइक चोरलाई नियन्त्रणमा लिएका थिए । यो स्थानको विपरीत दिशामा भवनमा अगाडिपट्टि ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भनेर सूचना टास गरिएको छ । चोरीको प्रयास गर्दा गर्दै उनलाई प्रक्राउ गरी प्रहरीमा बुझाइयो । यो मोटरसाइकल अरु कसैको नभएर धरान १७ सम्झना चौकका चन्द्रबहादुर राइको चोरी भएको थियो ।
प्रतिष्ठानमा चोरीका घट्ना नौलो भने होइन । विगतदेखि नै चोरीका घट्ना हुने गरेको पाइन्छ । भित्तामा टासिएको सूचनाको विषयमा चोरीमा संलग्नहरुलाई थाहा भएकै कारण कुनै डर त्रास निर्धक्क भएर उनीहरु चोरीमा संलग्न हुने गरेको पाइएको छ । ०७६ साल फागुन ११ गते प्रतिष्ठानका चिकित्स दिपेन्द्र शर्माको गाइनो वार्डबाट ग १२ प १९७९ नम्बरको स्कुटी लगत्तै फागुन १६ गते सोही वार्डबाट अर्को को ४ प २५७६ नम्बरको मोटसाइकल समेत चोरी भएको थियो । यतिमात्र हैन प्रहरीले सोही बर्षका अर्थात माघ ८ गते प्रतिष्ठानहाताभित्रै राखिएको को १७ प २८६१ प्रतिष्ठानकै गाइनो वार्डमा कार्यरत डा.जितेश ठाकुरको मोटरसाइकल चोरी भएपछि धरान प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रक्राउ ग¥यो ।
यी त प्रतिनिधि उदाहरणमात्र हुन्, प्रतिष्ठानमा सिसी क्यामेरा नभएकै मौका छोपेर पटक पटक चोरीका घटनाहरु हुने गरेका छन् । सुरक्षा मजबुत नभएको र सिसी क्यामेरा जडान भएको र जडान भएका सिसी क्यामेराको मर्मत नगरेकै कारण पार्किङमै राखिएका मोटरसाइकल हराउने गरेको छ ।
केटिएम सेक्युरिटी सर्भिसका कमान्डर समन राईका अनुसार, प्रतिष्ठानमा जडान गरिएका अधिकांश सिसी क्यामरा विग्रिएर थन्किएको बताए । उनले भने–‘प्रतिष्ठानमा जडान गरिएकामध्ये उपकुलपतिको कार्यालय र मेनगेटमा लगाएकोमात्र चालू छ, अरु सबै विग्रिएर थन्किएको छ ।’
उनले भर्खरै चैत्रमा परेको चट्याङका कारण विग्रिएको तीनवटा सिसी क्यामरा अहिलेसम्म मर्मत नभएको, प्रतिष्ठानको कलेज ब्लक, विभिन्न विभाग, गाइनो वार्ड लगायतमा हावाहुरी र बादरका कारण क्यामरा विग्रिएको भएपनि मर्मत नहुदा समस्या आएको बताए । उनले भने–‘विग्रिएर थन्किएका सिसी क्यामेरा पूर्ण सम्हार हुन सकेको छैन, जसले गर्दा वीपीको सुरक्षामै चुनौति थपिएको छ ।’ यस विषयमा प्रतिष्ठानले भने विग्रिएर थन्किाएका सिसी क्यामेरा चाडै मर्मत गर्ने बताएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्र्लले सिसी क्यामरा धेरै ठाउमा जडान भए पनि केही ठाउमा नचल्ने बताए । सिसी क्यामरा मर्मत तथा जडान गर्नुपर्ने ठाउमा जडान गर्ने विषयमा प्रतिष्ठानमा छलफल भइरहेको बताए ।