मृगौला पीतिलाई राहत : एक हजारमै डाइलासिस

  • असार २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मिर्गौला पीडित विरामीहरूले चर्को शुल्क तिर्दा पनि घण्टौ लाइनमा बसेर हेमोडायलाइसिस गरेको घटना बाहिर आइरहँदा विराटनगरस्थित न्यूरो अस्पतालले मिर्गौला समस्या भएका विरामीको लागि सस्तोमा डाइलासिस गर्ने भएको छ ।

अस्पतालमा मिर्गौला पीडित विरामीहरूको सहजताको लागि एक हजारमा डायलाइसिस सेवा सुरू गरेको छ । अब मिर्गौला पीडित विरामीहरूले डायलाइसिस गर्नुपरे न्यूरो अस्पतालले गत वैशाखदेखि विराटनगरको महेन्द्रचौकस्थित हेमाडायलासिस सञ्चालनमा ल्याएको छ ।

सर्वसुलभ ढंगमा गुणस्तरीय डाइलासिस गर्न पाउने भएपछि विरामीले राहत मिलेको बताएका छन् । अस्पतालका डाइरेक्टर ई. रन्जितराज बस्नेतले विरामीहरूको सहजताको लागि एक हजारमा ाँ डायलाइसिस सेवा सुरु गरेको बताए । ‘अहिले पनि डायलाइसिस गर्ने अस्पतालमाहरुमा विरामीले सहज रूपमा सेवा नभएर भिड हुने र दुःखद घटनाहरू हुने गरेको हामीले सुन्ने र देख्ने गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रबाट पनि मिर्गौला फेल भएका विरामीहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले न्युनतम शुल्कमा गुणस्तरीय सेवा दिने हामीले डायलाइसिस सेवा दिएका छौं ।’

प्छिल्लो समये नीजी अस्पतालहरूले एक पटक डायलाइसिस गरेको साढे ६ हजारदेखि आठ हजारँसम्म लिने गरेका छन् ।

न्यूरोले गत वैशाख १ गतेदेखि डायलाइसिस सेवा सुरु गरेको हो । एक हप्तादेखि एक हजार लिएर मिर्गौला पीडित विरामीको डायलाइसिस गर्दै आएको अस्पतालले जनाएको छ ।

हेमोडायलाइसिस युनिटमा दुई वटा भेन्टिलेटरसहितको आईसीयु सेवा रहेको छ । ६ शैय्याको हेमोडायलाइसिस सेवा सञ्चालनमा रहेको छ । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.विरेन्द्र कुमार विष्टले न्युरोले हेमोडायलाइसिस सेवा सुरू गरेपछि बिरामीलाई सेवा प्रभाहमा सहज भएको बताए । ‘हामी सबैको सामूहिक प्रयासले न्यूरो अस्पताल एउटा बहुआयामिक अस्पतालको रुपमा स्थापित हुँदै गरहेको छ,’ डा. विष्टले भने, ‘हामी प्रति आम सेवाग्राहीको अपेक्षा पनि त्यही अनुरूप छ । यही कुरालाई मध्यनजर गरेर अस्पतालले नयाँ वर्षको पहिलो दिनबाटै हेमोडायलाइसिस सेवा शुभारम्भ गरेको ठाउँबाट अहिले कम शुल्कमा विरामीलाई सेवा प्रभाह गरेका छौें ।’

न्यूरो हेमोडायलाइसिस युनिटमा चार वटा उपकरण रहेको छ । यहाँका दैनिक १२ जना मिर्गौलाका विरामीले सेवा लिन सक्ने क्षमता रहेको छ । विरामीको चाप बढे अस्पतालले दैनिक २४ जनासम्मको उपचार गर्नसक्ने बताइएको छ ।

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved