समाचार

    Showing 5,871-5,880 of 10,033 items.
  • धनकुटाको महालक्ष्मी नगरपालिकाको नगरसभाबाट महत्वपूर्ण निर्णय पारित: शिक्षकले राजनीतिक दलमा आबद्ध हुन नपाउने

    धरान । धनकुटाको महालक्ष्मी नगरपालिकाको नवौ नगरसभाले महत्वपूर्ण निर्णय गरेको छ । महालक्ष्मी नगरपालकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न नपाउने महत्वपूर्ण निर्णय गरेको हो । गत असार २० गते बसेकोे नवौ नगरसभाबाट पारित भएको थियो । पारित भएको निर्णय सोमबार नगरपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयमा पत्राचार गरेको छ । नगरप्रमुख धु्रवराज रायले विद्यालयका शिक्षकहरुले राजनीति गर्दा शिक्षाको गुणस्तर खस्केकोले यसलाई मध्यनजर गरी नगरसभाबाट शिक्षकलाई राजनीति गर्नबाट बञ्चित गराउन निर्णय गरिएको बताए । उनले भने–‘हामीले सबै विद्यालयलाई परिपत्र पठाइ सकेका छौं, नगरले गरेक

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम सम्पन्न

    धरान/ सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘ सम्मान तथा अक्षलोक लोकपर्ण’ कार्यक्रम सम्पन्न गरेको छ ।अक्षलोक साहित्यिक पत्रिका मार्फत सामाजिक, राजनीतिक, साहित्यिक, एवम् शैक्षिक रूपान्तरणमा आजन्म लागेका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । प्राध्यापक श्रेष्ठको कोभिड संक्रमणका कारण निधन भएको भएको थियो । स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको उपस्थितिमा सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष इन्जिनियर स्वजन स्वराज शा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विदेशी बजारमा चिया पुर्‍याउन नेपाली कृषकलाई सकस

    धरान । इलाम जिल्ला प्रदेश नं. १ कै चियाको राजधानी हो । तर यो वर्ष तयारी चिया बिक्री गर्न इलामका कृषकलाई समस्या भएको छ । भारत लगायत अन्य तेस्रो मुलुकबाट नेपाली चियाको माग माग भएपनि उत्पादन लागत मूल्य उठ्न कठिन भएको उद्योगी–व्यवसायीलाई सकस भएको हो । कोभिड संक्रमण तथा रुस र युक्रेन युद्धका कारण पनि चिया विक्रीमा गिरावट आएको उद्योगी–व्यवसायी बताउँछन् । उद्योगी कमल मैनालीका अनुसार नेपालबाट किनेको चिया भारतबाट अन्य देशमा समेत पुग्ने गरेको छ । तर, यो पटक भारतमा मात्र नभइ युरोप, अमेरिकालगायत अन्य देशबाट समेत तयारी चियाको माग नआएकोे मैनालीले बताए । उनले भने–‘माग आएपनि लागत मूल

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 902 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा ४९ प्रतिशत धान रोपाइ

    धरान । प्रदेश १ मा हालसम्म ४९ प्रतिशतमात्र धान रोपाई सकिएको छ । धान रोप्ने बेलामै पानी पर्न रोकिएपछि प्रदेश एकका विभिन्न ठाउँको धान रोपाइँ पुरै प्रभावित भएको हो । असार अन्तिम साता रोपाइँ उद्देश्यले बिऊ काढेर ठिक्क पारेका बिउ टन्टलापुर घामले डढाएपछि अहिले कृषक चिन्तामा छन् । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार । असार ३२ सम्ममा देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत हो । गत वर्ष यो अवधिमा ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत मात्र रोपाइँ भएको भएको छ ा असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 1,644 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घेदुङको केन्द्रीय सल्लाहकारमा गोले

    धरान l नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकारमा सुजेन्द्र गोले तामाङलाई मनोनित गरेको छ । घेदुङको केन्द्रीय सचिवालयको बैठकले उनलाई सल्लाहकारमा मनोनित गरेको हो । नेपाल तामाङ घेदुङमा जिल्ला तहदेखि सकृय रहंदै आएका गोले घेदुङको छैठौं महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रीय प्रमुख, सातौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष र आठौं महाधिवेशनमा केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए । घेदुङको गत फागुन २९ देखि चैत्र १ सम्म भएको नवौं महाधिवेशनवाट अध्यक्षमा निर्वाचित मोहन गोले नेतृत्वको सचिवालयको बैठकले उनलाई पुनः केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो । गोले नेपाल तामाङ विद्यार्थी घेदुङको पनि तल्लोतहवाटै नेतृत्वदा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाका कारण दुई बर्षपछि बोलम मेला : पहिलो सोमबार नै भक्तजनको उल्लेख्य उपस्थिति

      धरान । प्रदेश १ का विभिन्न शिवालयहरुमा आज गेरुवस्त्रधारी बोलबमभक्तजनहरुको भीड लागेको छ । प्रदेश १ मा रहेको धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा तथा खोटाङका हलेसीमा रहेका शिवालय गेरुबस्त्रधारी भक्तजनको भीड लागेको हो । धरानमा समेत बोलबमको पहिलो दिन नै भक्तजनहरुको भीड बढेको छ । दुई बर्ष कोरोनाका कारण मेला लाग्न नसक्दा बोलबममा गएर शिवजीलाई पानी चढाउने भाकल भाकलमै सीमित थियो, यस बर्ष कोरान सहज भएकै कारण भक्तजनहरु उल्लेख्य रुपमा आएका छन् । बोलबममा आउने सबै उमेर समूहका छन् । बालकदेखि युवा तथा वृद्धबृद्धाहरु यस बर्ष कौशिकी नदी चतराबाट जल ल्याउए चढाउने लाइनमा देखिन्थे । नेपालबट मात्र हेन भारत

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'स्वास्थ्यका लागि बरदान बन्दै खुल्ला जिम'

    धरान । धरान ८ का विनय प्रधान विहान ‘मर्निङ वाक’ निस्किएपछि धरान १३ मा रहेको खुल्ला जिमखानामा गएर कसरत नगरी फर्किदैनन् ।, विहान ५ बजे उनी मर्निङवाक निस्किन्छन्, धरान १४ विजयपुरचौक हुदै पञ्चकन्या जानेबाटोबाट अमरहाट झर्छन् । धरान १३ मा वडासमितितिले निर्माण गरेको खुल्ला जिमखानामा कसरत गरेर फर्किन्छन् । त्यहा गएर कसरत गर्दा दिनभरि शरीरिक स्फूति हुने प्रधान बताउछन् । उनी भन्छन्–‘म मर्निङवाक भन्दा पनि खुल्ला जिमखानामा कसरत गर्नकै लागि निस्किन्छु, प्रत्येक विहान एक वा दुई घण्टा कसरत गरेर फर्किन्छु, यति गरेपनि मेरो शरीर दिनभरि चंगा हुन्छ ।’ उनको जस्तै दिनचर्या धरान १६ का

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेशको नाम किरात राखे ‘यलम्बर’ को उपाधि दिने उद्घोष’

    धरान । किराँत राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश एकलाई ‘किराँत प्रदेश’ नामाकरण गर्नुपर्ने माग राख्दै मुख्यमन्त्रीको कार्यालय घोषणा गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नाम टुंगो लागिसक्दा पनि प्रदेश १ मा अझै नामको टुंगो लाग्न सकेको छ । साढे चार बर्षको अवधिमा तीन जना मुख्यमन्त्री फेरिए पनि उनीहरुले प्रदेशको नाम टुंगो लगाउन नसक्दा नामाकरणको विषया अझै पेचिलो बन्दै गएको छ । प्रदेश सरकारको कार्यकाल सहिन चार महिना बाँकी छँदा पनि प्रदेशले नामाकरण गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणले बताउदै आएका छन् । पहिचान र वहुपहिचा

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिकअपको ठक्करबाट अटोचालकको मृत्यु

    धरान । सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् । आइतबार पुर्वाञ्ह साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १ ०१ ००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबारनै पौने ५ बजे मृत्यु भएको हो । पिकअप र चालकलाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २, २०७९
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठा र हृदेशले जिते मिस एण्ड मिस्टरको उपाधि

    धरान । मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि प्रतिष्ठा रिजाल र हृदेश राइले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रतिष्ठाले मिस र हृदेशले मिस्टरको उपाधि जितेका हुन् । प्रतियोगिताको अर्गनाइजर च्वाइसमा स्मारिका सुबेदी घोषित भइन् । मिसतर्फको फस्ट रनरअप सबिना बिष्ट, सेकेण्ड रनरअप सचिता कुमारी महतो घोषित भइन् । यसैगरि मिस्टरतर्फको फस्ट रनरअप अरुण कुमार साह, र सेकेण्ड रनरअप रोहन रसैली भए । प्रतियोगिताको मिस ट्यालेन्ट स्मारिका सुबेदी तथा मिस्टर ट्यालेन्ट एवार्ड रोहन रसैलीले जिते । मिस र मिस्टर पपुलर एवार्ड क्रमश ः सचिता कुमारी महतो र हृदेश रा

    • प्रकाशित मितिः साउन २, २०७९
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved