विदेशी बजारमा चिया पुर्‍याउन नेपाली कृषकलाई सकस

  • साउन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इलाम जिल्ला प्रदेश नं. १ कै चियाको राजधानी हो । तर यो वर्ष तयारी चिया बिक्री गर्न इलामका कृषकलाई समस्या भएको छ । भारत लगायत अन्य तेस्रो मुलुकबाट नेपाली चियाको माग माग भएपनि उत्पादन लागत मूल्य उठ्न कठिन भएको उद्योगी–व्यवसायीलाई सकस भएको हो ।

कोभिड संक्रमण तथा रुस र युक्रेन युद्धका कारण पनि चिया विक्रीमा गिरावट आएको उद्योगी–व्यवसायी बताउँछन् ।

उद्योगी कमल मैनालीका अनुसार नेपालबाट किनेको चिया भारतबाट अन्य देशमा समेत पुग्ने गरेको छ । तर, यो पटक भारतमा मात्र नभइ युरोप, अमेरिकालगायत अन्य देशबाट समेत तयारी चियाको माग नआएकोे मैनालीले बताए । उनले भने–‘माग आएपनि लागत मूल्य नै नउठ्ने गरीको मूल्य रहेको छ, भारतले निर्यात गर्ने तयारी चियाको २२ प्रतिशत बजार रुस र ८ प्रतिशत युक्रेन रहेछ, ‘यो पटक ती देशमा चिया बिक्री नहुँदा भारतका व्यापारीले नेपालको चिया किन्न चाहेकै छैनन् ।’

मैनाली जर्मनी, अमेरिका लगायत देशमा पनि आफ्नो तयारी उत्पादन बेच्छन् । ‘तेस्रो मुलुकबाट पनि यो पटक गतवर्षहरूभन्दा माग निकै कम आएको छ,’ उनले भने, ‘जसले माग गरेका छन्, उनीहरूले दिने मूल्यले पनि अहिले यहाँको लागत नै उठ्दैन । हामीलाई धेरै अन्योल भएको छ । किसान ठूलो समस्यामा परेका छन् ।’

मैनालीले सञ्चालन गरेको इलाम नगरपालिका–१, साखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिले गतवर्ष १ लाख किलो तयारी चिया विक्री गरेको थियो । यो वर्ष उत्पादन पोहोरकै हाराहारीमा रहने सम्भावना भएपनि माग नभएको उनले जनाए । ‘पोहोर ६ हजार किलो तयारी चिया अर्डर गर्ने व्यापारीले यो वर्ष एक हजार किलोमात्र मागेका छन्,’ उनले भने, ‘यो वर्षको अहिलेसम्म चिया निर्यातको अवस्था नाजुक छ ।’

इन्धनको निरन्तर मूल्य वृद्धि पनि चिया बिक्री समस्याको अर्काे कारण भएको छ । र, तयारी चिया ढुवानीमा पनि खर्च बढेका कारण आफूहरूलाई समस्या भइरहेको उद्योगी–व्यवसायी बताउँछन् । साखेजुङकै अर्का उद्योगी चिरञ्जीवी दाहालले यो वर्ष आफूले उद्योगमा चिया प्रशोधन नै नगरेको बताए । उनको उद्योगमा गतवर्ष करिब ४० हजार किलो तयारी चिया उत्पादन भएको थियो । ‘यो वर्ष समयमा तयारी चियाको माग नै आएन,’ उनले भने, ‘पोहोर साल प्रतिकिलो औसत ४ सय रुपैयाँमा बिक्री हुँदा पनि लागत मूल्यसम्म उठ्थ्यो, यो वर्ष प्रतिकिलो ७ देखि ८ सय रुपैयाँमा बेच्दा पनि लागत उठ्दैन ।’

साखेजुङका उद्योगले अहिले हरियो चियापत्तीको मूल्य सामान्यतः प्रतिकिलो ७० रुपैयाँ दिँदैछन् । दाहालले किसानले मल नपाउँदा यो वर्ष हरियो चिया उत्पादनसमेत ज्यादै कम भएको बताए । साखेजुङ क्षेत्रमा प्रतिवर्ष २० हजार किलोभन्दा बढी तयारी चिया उत्पादन गर्ने ९ उद्योग छन् ।

त्रिवेणी सांघाई समूहले पनि यो वर्ष तयारी चिया निर्यातमा समस्या भएको बताएको छ । समूहका अध्यक्ष सुवास सांघाईले यो वर्ष तयारी चियाको माग नै नआएको बताए । उनले बगानले उत्पादन गरेको सबैजसो चिया भारतमै बिक्री भए पनि यस पटक भारतका व्यापारीले यहाँको चिया किन्नै नचाहेकाले समस्या भएकोबताए । उनले भने ‘ रुस र युक्रेन युद्धको असरले यस्तो भएको भन्ने हामीलाई जबाफ दिएका छन् तयारी चियाको मूल्य ज्यादै कम भएका कारण पनि पठाउनै गाह«ो भएको हो ।

नेपालबाट वर्षेनी सवा ३ अर्ब रुपैयाँको तयारी चिया निर्यात हुनेगरेको तथ्यांक छ । विदेशी मुद्रा आर्जनको गतिलो स्रोत भएपनि सरकारी सधैं चिया क्षेत्र सरकारको उपेक्षामा परेको किसानदेखि उद्योगीसम्मको गुनासो छ । गुणस्तरीय चिया उत्पादन र विक्रीमा तीनै तहका सरकार उदासीन हुँदा आफूहरू मर्कामा परिरहेको किसान र उद्योगी बताउँछन् ।

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved