सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम सम्पन्न

  • साउन ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले ‘ सम्मान तथा अक्षलोक लोकपर्ण’ कार्यक्रम सम्पन्न गरेको छ ।
अक्षलोक साहित्यिक पत्रिका मार्फत सामाजिक, राजनीतिक, साहित्यिक, एवम् शैक्षिक रूपान्तरणमा आजन्म लागेका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । प्राध्यापक श्रेष्ठको कोभिड संक्रमणका कारण निधन भएको भएको थियो ।

स्वास्थ तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको उपस्थितिमा सम्मान तथा अक्षलोक लोकार्पण कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष इन्जिनियर स्वजन स्वराज शाक्यले बताए । उनका अनुसार कार्यक्रममा साहित्य, समाजसेवा, र शिक्षाको क्षेत्रमा विशेष योगदान गर्ने चार व्यक्तित्वहरुलाई नगद रु १० हजार सहितको पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा सिद्धिश्वरमान—मिलनमुक्ति उत्कृष्ट साहित्य साधना पुरस्कार वरिष्ट साहित्यकार शुशिला प्रधानङ्ग, सिद्धिश्वरमान—चन्द्रविष्णु अन्तराष्ट्रिय सामाजिक योगदान पुरस्कारबाट अमेरिकामा रहेर समाजसेवाको क्षेत्रमा योगदान पु¥याउदै आएका सैलेन्द्र कुमार मानन्धर, सिद्धिश्वरमान—महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरष्कारबाट वरिष्ठ अर्थशास्त्री प्रा. डा. गोविन्द नेपाल, सिद्धिश्वरमान—विजया तिवारी उत्कृष्ट शिक्षक उत्प्रेरक पुरस्कारबाट शिक्षाकर्मी सिमीता देवी रञ्जितकारलाई प्रदान गरिएको थियो ।

यसको साथै नेपाली साहित्य, समाज, स्वास्थ्य र शिक्षामा उदाहरणीय कार्य गरी समाज रूपांतरणमा योगदान पु¥याएबावत अन्य व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । नेपाली साहित्यमा विगत पाँच दशक भन्दा बढी समयदेखि योगदान पु¥यादै आएका रं नेपाली साहित्यलाई नयाँ आयाम दिने चार साहित्यकारहरू माया ठकुरी, पदमावती सिंह, भागिरथी श्रेष्ठ, र जलेश्वरी श्रेष्ठलाई नेपाली साहित्यको आमा खम्बाको रुपमा सम्मान गरिएको थियो ।

यसैगरी ै नेपाली साहित्यको श्रीवृद्धीमा भगिरथ तपस्वी जोडी मोहन दुवाल र भारती श्रेष्ठलाई युगल साहित्य साधकको रूपमा सम्मान गरिएको थियो भने सरला क्रिस्ट श्रेष्ठ, शुशिला श्रेष्ठ, साधना श्रेष्ठ, प्रा.डा. विधान निधि पौडेल, त्रिभुवन मान श्रेष्ठ, डा. केदार नाथ रंजित, इन्जिनियर विद्या मानन्धर, मालती वैद्य, शान्त बहादर शाह, डा. मनोज कुमार थापा, पारसमणि दाहाल र विष्णु कुमार अग्रवाललाई समेत सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा कार्यक्रममा विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्य पे्रमी माझ स्थापित अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादकका रुपमा कार्यरत सिद्धिश्वर मान श्रेष्ठको स्मृतीमा प्रकाशित अक्षलोकको विषेशांकको लोकार्पण समेत गरिएको थियो ।

293088239_355105383292254_5770672524685328717_n

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

८६ हजारभन्दा बढी यौन ...

काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको त ...

७ वटा मुद्दा खेपिसके ...

मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved