धरान l नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकारमा सुजेन्द्र गोले तामाङलाई मनोनित गरेको छ ।
घेदुङको केन्द्रीय सचिवालयको बैठकले उनलाई सल्लाहकारमा मनोनित गरेको हो । नेपाल तामाङ घेदुङमा जिल्ला तहदेखि सकृय रहंदै आएका गोले घेदुङको छैठौं महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रीय प्रमुख, सातौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष र आठौं महाधिवेशनमा केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए । घेदुङको गत फागुन २९ देखि चैत्र १ सम्म भएको नवौं महाधिवेशनवाट अध्यक्षमा निर्वाचित मोहन गोले नेतृत्वको सचिवालयको बैठकले उनलाई पुनः केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो । गोले नेपाल तामाङ विद्यार्थी घेदुङको पनि तल्लोतहवाटै नेतृत्वदायी भूमिका निर्वाह गर्दै केन्द्रीय उपाध्यक्ष सम्म भएका थिए ।