धरान । सुनसरीको रामधुनी २ तित्रीबन चौक स्थित पुर्ब पश्चिम लोकमार्गमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा ३ का ३२ बर्षीय डम्बर कुमार दर्जी रहेका छन् ।
आइतबार पुर्वाञ्ह साढे ४ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रन १ ०१ ००१ च ७६५० नम्बरको पिकअपले बिपरीत दिसा आउदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भिर घाईते भएका अटो चालक दर्जीको ईटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबारनै पौने ५ बजे मृत्यु भएको हो ।
पिकअप र चालकलाइ नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।