धनकुटाको महालक्ष्मी नगरपालिकाको नगरसभाबाट महत्वपूर्ण निर्णय पारित: शिक्षकले राजनीतिक दलमा आबद्ध हुन नपाउने

  • साउन ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धनकुटाको महालक्ष्मी नगरपालिकाको नवौ नगरसभाले महत्वपूर्ण निर्णय गरेको छ ।

महालक्ष्मी नगरपालकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न नपाउने महत्वपूर्ण निर्णय गरेको हो ।

गत असार २० गते बसेकोे नवौ नगरसभाबाट पारित भएको थियो । पारित भएको निर्णय सोमबार नगरपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयमा पत्राचार गरेको छ । नगरप्रमुख धु्रवराज रायले विद्यालयका शिक्षकहरुले राजनीति गर्दा शिक्षाको गुणस्तर खस्केकोले यसलाई मध्यनजर गरी नगरसभाबाट शिक्षकलाई राजनीति गर्नबाट बञ्चित गराउन निर्णय गरिएको बताए । उनले भने–‘हामीले सबै विद्यालयलाई परिपत्र पठाइ सकेका छौं, नगरले गरेको यो निर्णय नमानेको खण्डमा त्यस्ता शिक्षकलाई प्रक्रिया पूरा गरी बर्खास्त गरिने छ ।’

उनले नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकले राजनीति गर्न बञ्चित गराउने धनकुटाको एकमात्र नगरपालिका महालक्ष्मी भएको दाबी गरे । उनले भने–‘यो निर्णय धनकुटामा हामीले शुरु गरेका हौ, सबै नगरपालिकाले यस्तो निर्णय गरे विद्यालयको शिक्षाको गुणस्तर बढ्छ ।’

उनले भने–‘हामीले धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरका सामुदायिक विद्यालयका शिक्षकलाई कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाउने निर्णय गरेका छौं, शिक्षकहरु पढाइमा भन्दा पनि राजनीतिमा बढी सक्रिय भएका कारण तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि यस्तो निर्णय गरेका हौं ।’

उनले यो निर्णयसँगै सामुदायिक विद्यालयका शिक्षकहरुले राजनीति वा शिक्षण पेशामध्ये एक मात्र रोज्नुपर्ने अवस्था आएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved