प्रतिष्ठा र हृदेशले जिते मिस एण्ड मिस्टरको उपाधि

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मिस एण्ड मिस्टर एसइइ २०२२ को उपाधि प्रतिष्ठा रिजाल र हृदेश राइले जितेका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रतिष्ठाले मिस र हृदेशले मिस्टरको उपाधि जितेका हुन् ।

प्रतियोगिताको अर्गनाइजर च्वाइसमा स्मारिका सुबेदी घोषित भइन् । मिसतर्फको फस्ट रनरअप सबिना बिष्ट, सेकेण्ड रनरअप सचिता कुमारी महतो घोषित भइन् । यसैगरि मिस्टरतर्फको फस्ट रनरअप अरुण कुमार साह, र सेकेण्ड रनरअप रोहन रसैली भए ।

प्रतियोगिताको मिस ट्यालेन्ट स्मारिका सुबेदी तथा मिस्टर ट्यालेन्ट एवार्ड रोहन रसैलीले जिते । मिस र मिस्टर पपुलर एवार्ड क्रमश ः सचिता कुमारी महतो र हृदेश राईले पाए । यस्तै मिस र मिस्टर मल्टिमिडिया सृजना चौधरी भइन् र हृदेश राइ भए ।

मिस पब्लिक च्वाइस सचिता कुमारी महतो, मिस्टर पब्लिक च्वाइस हृदेश राइ, मिस पर्सनालिटी प्रतिष्ठा रिजाल, मिस बब्ली रिया कु. राजबंसी, मिस फिजिक पबिना गुरुङं, मिस डिसिप्लीन दृश्टी भण्डारी, मिस्टर डिसिप्लीन अरुण कु. साह, मिस क्याटवक सचिता कु. महतो, मिस कन्फिडेन्ट सविना विष्ट, मिस फोटोजेनिक सविना विष्ट, मिस ब्यूटिफुल आइजमा सुप्रिया चौधरी,  मिस स्माइलमा एलिजा खत्री, मिस एक्टिभ सृजना चौधरी र मिस बेस्ट ट्रान्सफरमेसन प्रियकां साह घोषित भइन् ।

प्रतियोगिताको विजेताले प्लस टु (+२) मा निःशुल्क छात्रविृत प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति पाउने जय मिडिया मेनेजमेन्टका डाइरेक्टर जय राज रायले जानकारी दिए ।

फस्ट र सेकेण्ड रनरअपले ५० प्रतिशत छात्रवृत्ति र अर्गनाइजेशन च्वाइस हुनेले ६० प्रतिशत छात्रवृति पाउनेछन् । छात्रवृत्ति पाउने प्रतियोगिले विज्ञान, व्यवस्थापन र होटल म्यानिजमेन्ट मध्ये कुनै पनि विषय रोजेर विराटनगरस्थित कान्तिपुर कलेजमा पढ्न पाउने सिइओ नीशा खतिवडाले जानकारी दिइन् ।

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved