धरान/ धरान–१६ सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा सामाजिक सहयोग कार्यक्रम आयोजना गरेको छ। मंसिर २६ गते बिहान सम्पन्न कार्यक्रममा आश्रममा बसेका २७ जना बुवालाई बिहानको खाना खुवाउँदै फलफूल पनि वितरण गरिएको थियो। मन्टेश्वरीकी निर्देशक ओमु राईका अनुसार विद्यार्थीहरूलाई “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने शिक्षा र संस्कार सिकाउने उद्देश्यले यो प्रयोगात्मक कार्यक्रम आयोजना गरिएको हो। “नानीबाबुहरूले सामाजिक उत्तरदायित्व र सहानुभूतिको महत्व बुझ्न सकून् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं” उनले भनिन् ।
धरान/ डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम
धरान/ युएन-नवोदय कलेजका होटल म्यानेजमेन्ट कक्षा १२ का विद्यार्थीहरूको पहिलो चरणको ‘बारिष्टा एड्भान्स कोर्स’ दीक्षान्त समारोह धरान–१६ लेखनाथ चोकस्थित युएन केक एन्ड बारिष्टाको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा यु एन कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले दीक्षित विद्यार्थीहरूलाई खदा ओढाई प्रमाणपत्र वितरण गरेका थिए। कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार बदलिँदो प्रतिस्पर्धात्मक वातावरणमा विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षा मात्र प
धरान / मिति २०८२।०८।२५ – धरान उप–महानगरपालिका–२० लिङ्देन मोडमा रातिको गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुई जना मानिसले बोकेर ल्याउँदै गरेका दुई बोरा सडकछेउमै फालेर अन्धकारमा भागेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट संयुक्त रूपमा खटिएको टोलीले राति ११:५५ बजे गस्ती गरिरहेका बेला ती व्यक्तिहरूले एक्कासि बोरा छाडेर फरार भएको अधिकारीहरूले जानकारी दिएका छन्। गस्ती टोलीले तत्कालै दुवै बोरा खोलि जाँच गर्दा भित्र राम्रोसँग प्याक गरिएको अवस्थामा करिब ३० केजी गाँजा जस्तो देखिने लागू औषध फेला परेको थियो। बरामद गरिएको उक्त ठूलो
धरान/ धरान खेलकुद महोत्सव–२०८२ अन्तर्गत आज शुक्रबार साँझ नेपालका चर्चित गायिका एलिना चौहान र लोकप्रिय गायक प्रताप दास धरान रंगशालामा दर्शकलाई रोमाञ्चक सांगीतिक साँझ दिने भएका छन्। उनीहरूले आफ्ना सबैभन्दा भाइरल र लोकप्रिय गीतहरू प्रस्तुति दिनेछन्। एलिना चौहानका “धोकेबाज हौ तिमी” र “एक्लैपनि जिन्दगी” गीतहरू युवामाझ निकै लोकप्रिय छन् भने प्रताप दासका “मोटर साइकलमा” र “फूल होइन” जस्ता गीतहरू पनि दर्शक माझ मन पराइएका छन्। यसैगरी दुवैले सँगै गाएका &ldquo
सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ। कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ। घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ। निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही
बेलबारी/ भोजपुरमा ८ वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका एक जना अभियुक्त मोरङको बेलबारीमा भेटिएका छन् । बेलबारीमा फेला पारेर प्रहरीले भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राईलाई पक्राउ गरेको छ । राई पक्राउ परेसँगै लामो समयदेखि अलमलिँदै आएको एउटा पुरानो हत्या प्रकरण फेरि एकपटक चर्चामा आएको छ । भोजपुर प्रहरीका निमित्त प्रमुख तथा प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीका अनुसार २०७४ साल साउन १९ गते बिहानका राति करिब १ बजेतिर नारदमणिले श्रीमती ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)लाई घरभित्रै कुटपिट गरी हत्या गरेका थिए । घरभित्रै सुतिरहेका बेला श्रीमानको कुटाइबाट अम्बिकाले
धरान/खेलकुदको राजधानी का रूपमा परिचित धरानमा पहिलोपटक आयोजना गरिएको बृहत् धरान खेलकुद महोत्सव–२०८२ बिहीबार एक भव्य समारोहबीच सुरु भएको छ। फुटबलका लेजेन्ड राजु काजी शाक्यले प्रमुख अतिथिका रूपमा महोत्सवको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा धरान खेलकुद मञ्चले शारीरिक सुगठनका प्रखर व्यक्तित्व स्व. कबिर राजभगतलाई मरणोपरान्त सम्मान गरेको छ। साथै प्रमुख अतिथि शाक्यलाई २५ हजार नगद सहित सम्मानपत्र प्रदान गर्दै मञ्च अध्यक्ष किशोर राईले अभिनन्दन गरे। मंसिर २५ देखि पुस १० गतेसम्म धरान रङ्गशाला–तल्लो मैदानमा सञ्चालन हुने १५ दिने यो महोत्सवलाई धरानलाई खेलकुदको शहरका रूपमा औपचारिक पहिचान दि
धरान/ डिपो माध्यमिक विद्याल धरान १८ ले आयोजना गरेको २० औं ललित–अम्बर डिपो कप –२०८२ को सुरु भएको छ । बिहीबार भएको उद्घाटन खेलमा आयोजक डिपो माध्यमिक विद्यालयले जोलसाया एकाडेमी धरान –११ लाई ०–१ गोलले पराजित गर्यो । आयोजक डिपोकोलागि जर्सी –१० का खेलाडी करन खड्काले गोल गरेका थिए । उक्त गोल मध्यान्तरपछिको ११ औं मिनटमा भएको थियो । खेलमा डिपोका खेलाडी करन खड्का म्यान अफ द म्याच भएका थिए । म्यान अफ द म्याच खड्कालाई उद्घाटन खेलका प्रमुख अतिथि MVO विष्णुकुमार राईले पुरस्कार वितरण गरेका थिए । नकआउट शैलीमा हुने यो प्रतियोगिताकोलागि धरानभित्र र बाहिरगरि १६ विद्यालयहरु
धरान/ धरान उपमहानगरपालिका–११ मंगलबारे चोक नजिकै लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको छापामारीमा एक महिला लागू औषधसहित पक्राउ परेकी छन्। बुधबार राति करिब २१:४० बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले पदम भुजेलको घरमा डेरा गरी बसेकी २४ वर्षीया रोशनी तामाङको कोठामा चेकजाँच गर्दा ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ। घरमै लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको उक्त औषधीसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।