टिका र प्रमाण पत्र पदान गरि सशस्त्रले गर्यो निर्वाचन प्रहरीको बिदाई थपिए १५१६ जना विपद सुचक

  • फागुन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

कैलाली/  सुदुर पश्चिम प्रदेशमा सशस्त्र प्रहरी बल, नेपालले आज निर्वाचन प्रहरीलाई विधिवत रुपमा बिदाई गरेको छ ।
 
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले प्रदेशका सबै जिल्लाहरुमा गरि जम्मा १५१६ जना निर्वाचन प्रहरीको बिदाई गरिएको जनाएको छ । 
 
फाल्गुण २१ गते सम्पन्न भएको निर्वाचन सुरक्षामा सुदुर पश्चिम प्रदेशको सबै जिल्लाहरुमा गरि १५१६ जना निर्वाचन प्रहरीहरु सशस्त्र प्रहरी बल, नेपाल मार्फत परिचालन भएका थिए । निर्वाचन प्रहरीहरुलाई निर्वाचनका बेला सशस्त्र प्रहरी कर्मचारीहरु संगै परिचालन गरिएको थियो । 
 
प्रदेशका सम्बन्धित कार्यालयका कार्यालय प्रमुखहरुले आज निर्वाचन प्रहरीहरुलाई अविर टिका लगाएर प्रमाण पत्र प्रदान गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल मार्फत निर्वाचन प्रहरीले तालिम प्राप्त गरि निर्धारित कार्यक्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको साथमा खटिई निर्वाचन कार्यलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उल्लेखित योगदानको उच्च मुल्यांकन गर्दै सबै निर्वाचन प्रहरीहरुलाई निर्वाचन प्रहरीको रुपमा सेवा गरेको प्रमाण पत्र समेत प्रदान गरिएको बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले बताए ।  
 
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले निर्माण गरेको बिपद सुचकको समुहमा समेत निर्वाचन प्रहरीहरुलाई जोडिएको छ । सशस्त्र प्रहरीले समाजमा हुन सक्ने विपद्का समयमा समेत सहयोग लिन सक्ने गरि भविष्यमा हुन सक्ने विपद्का समयमा सहकार्य गर्नका लागी बिपद् सुचकको रुपमा कार्य गर्नका लागी छुट्टै अनुशिक्षण समेत संचालन गरेको जनाईएको छ । यस संगै सुदुर पश्चिम प्रदेशमा विपद् सुचक १५१६ जना थप भएका छन् ।
 
 
 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved