वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदा कार्यक्रम आयोजना गरेको छ ।
चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना भएको शिविरमा १ सय ३९ पिन्ट रगत संक्कल भएको नगरपालिकाका प्रशाशन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए ।
बिहिवार बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो ।
नेपाल रेडक्रस सोईसाटीको रक्त संचार केन्द्र तथा रगतको अभाब भई रहेको र यसले विरामिहरुलाई समस्या बनाई राखेको हुदा रक्त दान जीवन दान भन्ने मुल नारालाई आत्मसाथ गरि नगरपालिकाले आपनो दशौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उप प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु सहित ११ वटै वडाबाट स्थानिय संघ , संस्थाका प्रतिनिधि , समाजिक अगुवा , बुदिजिबि , कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर , शसस्त्र प्रहरी बेस क्याम्प चतरा, निर्वाचन प्रहरी लगायत विभिन्न सामाजिक संस्था ,क्लब लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नगरपालिकाले आफ्नो स्थापना भएको दिवसको अवसरमा दिप प्रज्वल , सरफाई कार्यक्रम , रक्तदान लगायतका ३ दिवसिय कार्यक्रम आयोजना गरेको थियो । २०७३ साल फाल्गुन २७ गते हालको बराहक्षेत्र तत्कालीन वराह नगरपालिकाको रुपमा साबिकका ५ वटा वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गाउँ बिकास समितिहरु मिलेर घोषणा भएको थियो ।