बीपीमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन, नर्सिङ शिक्षामा नयाँ फड्को

  • फागुन २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अन्तर्गत रहेको कलेज अफ नर्सिङमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब उद्घाटन गरिएको छ।

नर्सिङ शिक्षालाई अझ व्यवहारिक, प्रभावकारी तथा गुणस्तरीय बनाउने उद्देश्यले स्थापना गरिएको उक्त ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले रिबन काटेर गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, परीक्षा डीन प्रा.डा. अन्जु प्रधान, कलेज अफ नर्सिङका चिफ प्रा. रमानन्द चौधरी, मेट्रोन कला थापा, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नयाँ स्थापना गरिएको स्किल्स ल्याबमा बिरामी हेरचाहसँग सम्बन्धित प्रायोगिक अभ्यासका सामग्री, मानव अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा सिमुलेसन सामग्री लगायत नर्सिङ अभ्यासका लागि आवश्यक विभिन्न उपकरणहरू राखिएको छ।

उद्घाटनपछि उपकुलपति श्रेष्ठसहित सहभागीहरूले ल्याबको अवलोकन गरेका थिए।

कार्यक्रममा कलेज अफ नर्सिङका चिफ प्रा. चौधरीले प्रस्तुतीमार्फत स्किल्स ल्याबको महत्वबारे जानकारी दिँदै नर्सिङ शिक्षामा प्रायोगिक सीप अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।

उहाँका अनुसार स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग प्रत्यक्ष काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने अवसर पाउनेछन्।

यस प्रकारका सिमुलेसनमा आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै बिरामीको सुरक्षालाई पनि थप सुनिश्चित गर्ने विश्वास गरिएको छ। ल्याबमा अभ्यास गरेपछि विद्यार्थीहरूले आधारभूतदेखि उन्नत स्तरसम्मका नर्सिङ सीपहरू आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनमा उपकुलपति श्रेष्ठले स्किल्स ल्याबको प्रभावकारी प्रयोगले नर्सिङ विद्यार्थीहरूको सीप विकास, अनुसन्धान प्रवद्र्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कलेज अफ नर्सिङ परिवारलाई बधाई तथा धन्यवाद दिनुभयो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved