श्रम संस्कृति पार्टीमा समानुपातिक ‘रोइलो’: दुई उम्मेदवार आफैं पछि हटे

  • फागुन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समानुपातिक सांसद बन्ने आकांक्षीहरूको संख्या बढ्दै जाँदा श्रम संस्कृति पार्टीभित्र विवाद चर्किएको बेला दुई उम्मेदवारले भने बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्।

समानुपातिक बन्दसूचीमा रहेका जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरूले नाम फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन्।

खस–आर्य पुरुषतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेका बिष्टले गोर्खा लाहुरे समुदायको संसदमा प्रतिनिधित्व होस् भन्ने उद्देश्यले आफूले नाम फिर्ता लिएको बताएका छन्।

उनले पुरुषतर्फ भूपू गोर्खा क्याप्टेन पूर्ण लिम्बूको नाम बन्दसूचीबाट पठाइदिन पार्टीलाई आग्रहसमेत गरेका छन्।

त्यसैगरी, आदिवासी जनजाति महिलातर्फ बन्दसूचीको तेस्रो नम्बरमा रहेकी मीना सिंगकले सिट कम तर आकांक्षी धेरै भएकाले पार्टीभित्र अनावश्यक दबाब नपरोस् भनेर आफ्नो नाम फिर्ता गरेको बताएकी छिन्।

खस–आर्य पुरुषतर्फ पहिलो नम्बरमा रहेका बिष्टको सांसद बन्ने सम्भावना भए पनि सिंगक भने तेस्रो नम्बरमा रहेकाले उनको सम्भावना कम रहेको बताइन्छ।

समानुपातिक सांसद बन्ने आकांक्षीहरू बढ्दै जाँदा पार्टीभित्र विवादसमेत देखिएको थियो। सांसद बनाउन भन्दै दबाब बढेपछि पार्टी अध्यक्ष हर्क साम्पाङले समानुपातिकका विषयमा अनावश्यक रोइलो गर्नेहरूलाई पार्टीबाट निष्कासन गर्नेसम्मको चेतावनी दिएका थिए।

यस निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सिट प्राप्त गरेको छ। नियमअनुसार तीमध्ये कम्तीमा तीन जना महिला सांसद अनिवार्य बनाउनुपर्ने प्रावधान छ। प्रत्यक्षतर्फ भने पार्टीबाट तीन जना पुरुष उम्मेदवार निर्वाचित भइसकेका छन्।

बिष्टले नाम फिर्ता लिएपछि अब खस–आर्य पुरुषतर्फ क्याप्टेन पूर्ण लिम्बू सांसद बन्ने सम्भावना बढेको स्रोतले जनाएको छ। पार्टी अध्यक्ष साम्पाङ पनि लिम्बूलाई संसदमा पठाउने पक्षमा रहेको बताइन्छ।

महिला क्लस्टरतर्फ भने आदिवासी जनजाति महिलाबाट मकवानपुरकी मन्दिरा मोक्तान, दलित महिलाबाट सुर्खेतकी राधिका रम्तेल, थारु महिलाबाट कैलालीकी सरस्वती चौधरी, मुस्लिम महिलाबाट महोत्तरीकी सफिना खातुन र मधेशी महिलाबाट सर्लाहीकी रेणुदेवी बन्दसूचीको पहिलो नम्बरमा छन्।

पार्टीले क्लस्टर मिलाएर तीमध्येबाट तीन जना महिला सांसद सिफारिस गर्नुपर्नेछ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved