समाचार

    Showing 2,001-2,010 of 8,404 items.
  • दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

    सुनसरी/ कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्,ञ उनले भनिन्, झनिःशुल्क उपचार सेवा लिन बा

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 282 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभिन्न कविले कवि पाख्रिनका कविता सुनाए

    धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव । सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए । त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए । प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 456 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनुशासित चालकलाई सम्मान

    धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ चालक तथा अन्य मजदुरहरुलाई सम्मान गरेको छ । संगठन धरानको १५ औँ अधिवेशनको अवसरमा मजदुरहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लामो समयदेखि चालकपेशामा रहेर सडक दुर्घटना नगर्ने चालकहरु उपेन्द्र कार्की, सहदेव सतार, प्रदिप श्रेष्ठ, राजेन्द्र धिमाल, घुरनलाल चौधरी, रुद्र तामाङ, सहचालक राजकुमार कर्ण, बुकिङ बालकुष्ण बुढाथोकी र रिक्सा चालक जीवन खड्का रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले सम्मान पत्र र नगद १ हजार १ सय सहित सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान रन : धरान मेघाका संयोगहाङ र कोशी सेन्ट जेम्सकी आयुसा प्रथम

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कूल प्रथम भएका छन । इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्द

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीका दुईजना युवा साइकलबाट अयोध्या यात्रामा

    दुहबी/  सुनसरीको दुहबीबाट दुईजना युवा भारतको अयोध्या यात्रामा गएका छन् । दुहबी वडा नं ६ का दुई जना युवा उर्मी पुकार पौडेल र अभिषेक मण्डल साइकलबाट उत्तरप्रदेशको अयोध्या स्थित श्री राम मन्दिरको यात्रामा गएका हुन् । शनिबार युवाहरुले एक कार्यक्रम गरि दुईजना युवा नेपाली झण्डा फुलमाला लगाई श्री दुर्गा मन्दिर देखि भारतको उत्तर प्रदेशको अयोध्या स्थित श्री राम जन्मभूमि यात्रा प्रस्थान गरेका छन् । दुहबीबाट भारतको अयोध्या ६ सय १५ किलोमीटरको यात्रा साइकलबाट ६–८ दिनमा पूरा गर्ने लक्ष्य रहेको र पूर्ण साइकलबाटै पुनः दुहबी फर्कने दुहबीका युवा पंकज शाहले बताए ।  

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 762 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौर्य उर्जा जडामा उद्योगीहरुको साथ

    विराटनगर/ डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीहरुका साथ सोलार रुफटप सम्वन्धी अन्तरक्रिया गरेको छ । नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले सौर्य उर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक उर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभईरहेको अवस्थामा सौर्य उर्जाको उपलब्धता उद्योग संचालनका लागि उत्तम विकल्प हुने वताउदै यसको प्रँविधिक पक्

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 402 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेवा सुचारु गर्न नागरिक दवाव निरन्तर आन्दोलनले विरामी मारमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान १८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई (प्रविन)ले जानकारी दिए । तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 1,387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात स्वतन्त्र मजदुर संगठन धरानको अध्यक्षमा किरण थापा

    धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन उपमहानगर कमिटीको १५ औँ अधिवेशनबाट किरण थापा अध्यक्षमा निर्विरोध चयन हुनुभएकोछ । शनिबार धरानस्थित हरियाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा विक्रम प्रधान, सचिवमा बलबहादुर लिम्बू, सहसचिवमा बालकृष्ण बुढाथोकी र कोषाध्यक्षमा हरी खतिवडा चयन भएका छन् । कमिटीको सदस्यहरुमा कुबिर श्रेष्ठ, जीवन ठटाल, मनोज श्रेष्ठ, सन्तोष बस्नेत, शिवबहादुर तामाङ, दिपक कार्की, चेतबहादुर दाहाल, लेखराज दाहाल, अमित मेन्याङ्बो चयन भएको छन् । त्यस्तै अन्य सदस्यहरुमा विनोद राई, सुमेश बोहरा, लीलाबह

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको आन्दोलनमा कानुनको उल्लंघन निरन्तर आन्दोलनले विरामी मारमा

    धरान/ नेपालको संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । स्वास्थ्य सेवा वन्द गर्नु कानुनको उल्लङ्घन मात्र नभई मानिसको बाँच्न पाउने विश्वव्यापी सिद्धान्तको उल्लङ्घन गर्नु पनि हो । यस्तै भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्तिठानमा पनि । चिकित्सक तथा कर्मचारीहरुको आन्दोलनको कारण दैनिक हजारौ विरामी उपचारवाट वन्चित भएका छन् । वृत्ति विकासको माग राखेर आन्दोलित शिक्षक कर्मचारीले पनि स्वास्थ्यजस्तो संवेदनशील संस्थाको आवश्यकदेखि अन्य सेवा बहिष्कार गरेका छन् । प्रतिष्ठानको एकेडेमिकदेखि ओपिडी सेवा सबै ठप्प छ । वृत्तिविकासको माग गर्दे प्रतिष्ठानमा कार्यरत च

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 248 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हामी सडक दुर्घटनाको जोखिममा छौँ :अध्यक्ष भीमज्वाला राई

    धरान/  नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र हामी कुनैपनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५ औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारी झै बढिरहेको बताए । देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुनेगरेको बताए । जनयुद्धताका दश वर्षमा १७ हजारको ज

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved