२५ औं गोधुली रनिङ कपको रजत उत्सव भव्य रूपमा सुरु, पहिलो खेलमा वडा नं. ५ विजयी

  • चैत ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिताको २५ औं संस्करण (रजत उत्सव) बिहीबारबाट भव्य समारोहका साथ सुरु भएको छ।

धरान वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका हुन्।

धरानको अन्तरवडा फुटबल प्रतियोगितालाई यस पटक गोधुली क्लबले ऐतिहासिक बनाएको छ। पहिलो पटक रात्रीकालीन खेलको व्यवस्था गरिएको छ।

धरान रंगशालामा बाँसको टावर निर्माण गरी फ्लडलाइट जडान गरिएपछि रात्रीकालीन खेलको सम्भव भएको हो। उद्घाटन समारोहमा धराने गायक पूर्ण राईको प्रस्तुति तथा आतिशबाजीले कार्यक्रमलाई झन् आकर्षक बनायो।

पहिलो खेलमा वडा नं. ५ को जित

उद्घाटन खेलमा वडा नं. ५ ले वडा नं. १६ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ।

खेलको १७ औं मिनेटमा सुजन इङनामले वडा नं. ५ का लागि अग्रता दिलाएका थिए। तर, १० मिनेटपछि नै वडा नं. १६ का सरुन श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको २२ औं मिनेटमा तिलबिक्रम लावतीले निर्णायक गोल गर्दै वडा नं. ५ लाई २–१ को जित दिलाए।

उनले वान भर्सेस वानको अवसर गुमाए पनि अन्ततः निर्णायक गोल गर्दै टिमलाई जिताए। उनी खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगितामा १८ वडा सहभागी

गोधुली रनिङ कप प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ। धरानका १८ वटा वडा सहभागी छन् भने वडा नं. २ र ७ ले सहभागिता जनाउन सकेनन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन्।

क्वार्टर फाइनलमा पुगेका टिमहरू स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

शुक्रबारको खेल वडा नं. १० र वडा नं. १२ बीच हुने गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।

 

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved