इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

  • चैत ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  इष्टर्न कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित खेलकुद सप्ताह २०८१ भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा प्रमुख अतिथिका रूपमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, कोशी प्रदेशका प्रबन्धक ई। नारायण प्रसाद काफ्ले उपस्थित थिए।

कार्यक्रमका प्रमुख व्यक्तित्वहरू

कार्यक्रमको अध्यक्षता कलेजका प्रिन्सिपल ई. अमित सुराना ले गरेका थिए भने,

मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष तथा युनाइटेड स्पोर्टिङ क्लबका अध्यक्ष श्री सचिन घिमिरे र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय,

कोशी प्रदेशका वित्तीय विभाग प्रमुख श्री राजेन्द्र दाहाल विशिष्ट अतिथि रहेका थिए।

खेलकुद सप्ताहका प्रमुख खेलहरू

यस वर्षको खेलकुद सप्ताहमा विद्यार्थीबीच फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, हाजिरी जवाफ, कप स्ट्याकिङ प्रतियोगिता र म्युजिकल चेयर जस्ता विविध प्रतिस्पर्धा सञ्चालन गरियो।

शिक्षक-कर्मचारीको सहभागिता

विद्यार्थीहरूलाई थप उत्साहित गर्न कलेजका शिक्षक तथा कर्मचारीहरूले समेत आ-आफ्नो समूह बनाएर विभिन्न खेलमा सहभागिता जनाएका थिए।

आयोजनाको सफल समापन

खेलकुद सप्ताह २०८१ सिमिल इन्जिनियरिङ आठौँ सेमेस्टरका विद्यार्थी श्री अश्मिक भट्टराई को संयोजकत्वमा सम्पन्न भएको थियो।

अन्य विभिन्न सेमेस्टरका विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई भव्य र सुव्यवस्थित बनायो।

कार्यक्रमको अन्त्यमा प्राचार्य ई. अमित सुरानाले सफल आयोजनामा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्दै खेलकुदको महत्वबारे प्रेरणादायी मन्तव्य दिएका थिए।

समापन समारोहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गर्दै खेलकुद सप्ताह औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

estom ee estan

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved