धरान/ परिवर्तनका लागि सामाजिक अभियानले विगत ३ वर्षदेखि धरानका विभिन्न वडाहरुमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेको छ । जेष्ठ नागरिकहरुका लागि आयोजित यस शिविरमा विशेष गरि मुटु, मधुमेह र रक्तचापका विरामीहरुको स्वास्थ्य परिक्षण गर्ने गरिन्छ । वरिष्ठ मुटु रोेग विशेषज्ञ डा. प्रशान्त शाहले परिक्षण गर्ने यस क्लिनिकमा निःशुल्क रुपमा सुगर परिक्षण र औषधि वितरण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “हामीले बुवाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौं ।” बरालले भने । शिविरमा बिरामी हुनुभन
विराटनगर/ इलाम २ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आइतबार केन्द्रमा पठाएको हो । वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो । केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्
चतरा/ वराहक्षेत्र नगरपालिकाले आइतबार चतरा बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि र वाह्र वर्से पुर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटलहरूलाई ५ हजारसम्म जरिमाना समेत
धरान/ न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ। धरान रंगशालमा शनबिार भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो । एनआरटी १० औ सस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्यो १ निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। अफिजले
धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।, उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ
धरान/ वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम
धरान /अन्तर्राष्ट्रिय गणित तथा पाई दिवसको अवसरमा यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार ‘टक सिरिज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नरेन्द्रप्रसाद लिम्बूले वास्तविक जीवनमा गणितको उपयोग, नरबहादुर तामाङले पाई र जम्बु शेर्पाले गणित शिक्षणमा समस्या र समाधान विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । त्यस क्रममा सहभागी विद्यार्थीहरूका तर्पmबाट केन्द्रीय प्रविधि क्याम्पसमा बीएससी चौथो वर्षका छात्र भुवन पौडेल र बीएड दोस्रो वर्षकी छात्रा विनीता लिम्बूले अनूभुति मन्तव्य राखेका थिए । नेपाल गणित समाजको कोशी प्रदेश समिति र महेन्द्र बहुमुखी क्याम्पसको गणित तथा भूगोल विभागले संयुक्
धनकुटा/ गाउँ गाउँमा सडक पुगे पनि बर्षेनी सडक बर्षाद् विगारिदिँदा सडक प्रयोग गर्न सकिने अवस्थामा हुदैनन् । त्यो सडक सफा गरेर सञ्चालन गर्न बर्षदिनमात्र लाग्दैन खर्च पनि बढी लाग्ने गरेको छ । तर धनकुटाका अधिकांश स्थानीय तहले आफैले डोजर खरिद गरेर प्रयोग गर्न थालेपछि भने यो समस्या केही हदसम्म समाधान भएको छ । आर्थिक बर्ष २०७९/०८० मा धनकुटाको सागुरीगढी गाउँपालिकाले पालिकाभित्र रहेका बर्षाद्को समयमा भत्एिका सडक मर्मत गर्न करिब ५० लाख खर्चिनु प¥यो । यति खर्च गर्दा पनि सबै सडक पालिकाले चाहेजस्तो सञ्चालनमा आउन सकेन । तर यो बर्ष अर्थात आर्थिक बर्ष २०८०/०८१ म पालिकाले अघिल्लो बर्षकै हाराहारीका करिब २
रंगेली/ मोरङको कानेपोखरी गाउँपालिका ४ रमाइलोमा बसोबास गर्दै आएका बब्लु साह उनका भाइ छोटो साहले विगत २० वर्षदेखि चटपटे व्यवसायी गरिरहेका छन् । पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएता पनि मोरङको पुरानो बजार दोहमानामा उनीहरु नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर उदाहरणीय बनेका छन् । सुरुको अवस्थामा घरको आर्थिक अवस्था नाजुक भएको कारणले पढाईबाट वञ्चित भएपछि बुबाले गर्दै आएको पेशालाईनै जिम्मेवारी लिएर निरन्तर दिन थालेको बब्लु बताउँछन् । गाउँका युवाहरू विदेश गएता पनि आफूहरुले भने स्वदेशमै बसेर आफ्नो जीवनयापन गर्न सहज हुने विश्वास गरेपछि यही पेशालाई अँगालेको उनीहरु बताउँछन् । ११ व
धरान/ २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो । यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यसअघि हिजो भएको खेलमा बिजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । चर्च ब्वाइज प्रतिय