बस दुर्घटनामा ३ को मृत्यु, २३ घाइते

  • वैशाख १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबस आइतबार मध्यान्ह दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० स्थित बदगामा बस अनियन्त्रित भई पल्टिएको हो।

इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बस आफैं अनियन्त्रित भएर पल्टिएको जानकारी दिए।

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ निवासी ७५ वर्षीय रत्नबहादुर मगरातीसहित एक पुरुष र एक महिलाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका मगरातीलाई उपचारका लागि विराटनगर ल्याइए पनि अस्पतालमा पुगीसकेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

अन्य दुई जनाको बसले च्याप्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। मृतक दुईजनाको पहिचान खुल्न बाँकी छ।

बसमा ३५ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते भएका २३ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ भने केही सामान्य छन्। घाइतेहरूलाई विराटनगरस्थित गोल्डेन अस्पताल र कन्चनरुप नगर अस्पतालमा उपचार गरिँदैछ।

घाइते हुनेहरूमा सुवेता दाहाल, चेतना भट्टराई, विजय विक, मनोज भट्टराई, मीना भट्टराई, कमला भुसाल, नरमाया मगर, भरत यादव, महमद असलम, वीरेन्द्र ठाकुर, सविता थापा, सुष्मा विष्ट, पवित्रा मगराती, विमलादेवी ठाकुर, मायादेवी थापा, श्याकुमार सदा, मनोज सदा, सनावती चौधरी, निर्मला गुप्ता, पुजनदेवी सिलवाल, गीता सिलवाल र बमबहादुर कार्की रहेका छन्।

बस चालक झापा मेचीनगर–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved