बिद्यालयमा पठन पाठन गराउन महालक्ष्मी नपा व्यवस्थापन समितीको माग

  • वैशाख १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुले विद्यालयमा बिद्यार्थी पढ्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने माग गरेका छन् ।
नगरपालिकाको आम विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले विज्ञप्ती मार्फत यस्तो माग गरेका हुन् ।

उनीहरुले वैखाख १६ गतेदेखि विद्यालयमा पठन पाठन गर्न गराउनको लागि सम्पुर्ण शिक्षकहरुलाई आव्हान गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,“विगत २०८१ चैत्र २० गते बाट शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विविध समस्याहरू सहितको माग गर्दै काठमाण्डौं केन्द्रीत आन्दोलन आज २७ औं दिन भैसक्यो तर हाम्रा सम्पूर्ण विद्यालयहरुमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका संपुर्ण अभिभावकहरु आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशिल छौ,आम अभिभावकहरु यस आन्दोलनमा हाम्रो ऐक्बद्धता रहेको र हालसम्म यस आन्दोलनको समाधानको तत्काल निकास नदेखिएकोले यस नगर भित्रका सम्पुर्ण विद्यालयका १/१ प्रतिनिधि काठमाडौं केन्द्रीत आन्दोलनमा। विज्ञ सहभागी हुनुहुन र बाँकी सम्पुर्ण शिक्षक ज्यूहरुले मिति २०८२/०१/१६ देखी नियमित विद्यालय संचालन गरि विद्यार्थी तथा शिक्षक उपस्थित भई शैक्षिक गतिविधी सञ्चालन गराई विद्यार्थीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गरी अघि बढ्न समेत सम्पूर्ण विद्यालयहरुमा आव्हान गरिन्छ।”

विज्ञप्तीमा पुनःश्व शिक्षक आन्दोलनलाई सहयोग पुरÞ्याउन हामी अभिभावकहरुलाई शिक्षक महासंघले आव्हान गरे हामी आम अभिभावक, वि.व्य.स पदाधिकारीहरू भौतिक तथा आर्थिक सहयोग गर्न समेत प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।
एक्यवद्धता

१. मणिराज लुङ्गेली वि.व्य.स अध्यक्ष श्री जनता मावि, जितपुर म.न.पा ७
२. धन बहादुर कटुवाल वि.व्य.स अध्यक्ष श्री मा.वि परिखाप्राङ्ग म.ना.पा १
३. टिकाराम श्रेष्ठ वि.व्य.स सदस्य श्री जनता मावि. जितपुर म.न.पा ७
४. पदम राज निरौला वि.व्य.स अध्यक्ष श्री लालिगुरास आ.वि. म.न.पा ९
५. तेज कुमार श्रेष्ठ वि.व्य.स अध्यक्ष श्री चानुवा मा.वि. म.न.पा ४ दमार
६. डिक बहादुर भण्डारी वि.व्य.स अध्यक्ष श्री सिहदेवी मा.वि. म.न.पा ९, आहाले
७. चेत बहादुर भण्डारी वि.व्य.स सदस्य श्री सिहदेवी मा.वि. म.न.पा ९ आहाले
८. बोध नाथ काफ्ले वि. व्य.स अध्यक्ष श्री राम मा.वि. म.न.पा ९ गणेशटार
९. विरेन्द्र खडका वि.व्य.स अध्यक्ष श्री रामवेनी आ.वि. स.न.पा ८
१०. ओम कुमार कुवँर अभिभावक श्री जनता मा.वि. म.न.पा ८ निगाले
११. नगेन्द्र पौडेल वि.व्य.स अध्यक्ष श्री जनता मा.वि. म.न.पा. ८. निगाले
१२. विष्णु प्रसाद दाहाल वि.व्य.स अध्यक्ष श्री युवा जनसहभागिता आ.वि. म.न.पा १३. विष्णु विक्रम पौडेल वि.व्य.स अध्यक्ष श्री नविन शिक्षा सदन डाडागाउँ मा.वि. म.न.पा ३
१४. राम राया वि.व्य.स अध्यक्ष श्री सरस्वति मा.वि. म.न.पा १ कटहरे
१५. शुक्र बहादुर बुढाथोकी वि.व्य.स अध्यक्ष श्री सरस्वती मा.वि. म.न.पा ४ चानुवा 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved