धरानमा नेपालकै पहिलो आइविए प्रो एण्ड एमेचर फाइट नाइट भव्य सम्पन्न

  • वैशाख १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला तथा पुरुष धरान फाइट नाइट २०२५ शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा ४ वटा प्रो फाइट तथा ५ वटा एमेचर फाइट सम्पन्न भएका थिए। प्रो फाइट अन्तर्गत फ्लाइ वेट ९५१ केजी० तौल समूहमा झापाका फुङलाङ काम्बाङले नक्साल, काठमाडौंका आयुसलाई ५–० अंकले युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते।

फेदर वेट ९५७ केजी० मा एभिसी धरानका सिंहविर लिम्बुले त्रिभुवन आर्मी क्लबका पुरन सुनुवारलाई ३–१ अंकले स्प्लिट डिसिजनमा हराउँदै स्वर्ण हात पारे।

त्यस्तै, लाइट वेट ९६० केजी० मा सिएचजी काठमाडौंका सुलभ मालीले तेह्रथुमका अनिस भुजेललाई पहिलो राउन्डमै रेफ्री स्टप कन्टेस्ट ९आरएससी० निर्णयमा पराजित गरे।

अन्तिम प्रो फाइटमा त्रिभुवन आर्मी क्लबका सम्राट महर्जनले धरानका दिपल राईलाई ५–० अंकले युनानिमस निर्णयमा हराउँदै स्वर्ण जिते। प्रो फाइटका विजेताले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

एमेचर फाइटतर्फ महिला ४८ केजी तौल समूहमा उदयपुरकी दिविका राई र नक्सालकी दिव्य चेम्जोङ लिम्बुबीच प्रतिस्पर्धा भएको थियो। दिव्याले तेस्रो राउन्डमै आरएससी निर्णयमा दिविकालाई पराजित गर्दै स्वर्ण जितिन्।

पुरुष ५८ केजी तौल समूहमा धरानका नवाङ राईले उदयपुरका अभिषेक बस्नेतलाई ५–० अंकले हराउँदै स्वर्ण हात पारे।

५६ केजी तौलको प्रदर्शन खेलमा धरानका सम्राट लिम्बुले धरानकै शिखर राईलाई ५–० अंकले पराजित गरे।

५७ केजी तौल समूहमा धनकुटाका मनिष पराजुलीले धरानका राजन राईलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण जिते। अन्तिम एमेचर फाइटमा ६० केजी तौलमा काठमाडौंका निकेश गुरुङले धरानका असिम लिम्बुलाई ५–० युनानिमस निर्णयमा पराजित गर्दै स्वर्ण पदक जिते।

विजेता तथा उपविजेता खेलाडीहरूलाई धरान बक्सिङका अध्यक्ष दीपक राई, वरिष्ठ खेलाडी ओलम्पियन नरेन्द्र पोमो, वरिष्ठ प्रशिक्षक किशोर सम्बाहाम्फे, नेपाल बक्सिङ महासंघका केन्द्रीय सचिव देवेन्द्र लिम्बु, धरान बक्सिङका सचिव महेश आले लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम धरान उपमहानगरपालिका मेयर हर्कराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

फाइटसँगै आउटसाइडर्सु ब्याण्डको लाइभ प्रस्तुति र धरान डान्स सेन्टरका कलाकारहरूको नृत्यले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved